default_image

6 years ago

September 6, 2018

किरण पहिलो पटक राष्ट्रिय टोलीको कप्तान

88 views

0 Bookmark

प्रकाश तिमल्सिना
ढाका – गोलकिपर किरण चेम्जोङले पहिलो पटक राष्ट्रिय फुटबल टोलीको कप्तानी गर्ने भएका छन् । साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को भुटानविरुद्धको दोस्रो खेलमा बिहीबार उनले कप्तानीको अवसर पाएका हुन् ।

नियमित कप्तान विराज महर्जन पहिलो रोजाइमा पर्न असफल भएपछि किरणले कप्तानीको जिम्मेवारी निर्वाह गर्ने अवसर पाएका हुन् । विराज पहिलो रोजाइमा पर्न असफल रहँदा भरत खवासले कप्तानी गर्थे, तर आज भरतले पहिलो रोजाइमा मौका पाएनन् । राष्ट्रिय टोलीबाट एक दशक लामो यात्रा तय गरेका किरणले राष्ट्रिय टोलीलाई पहिलो पटक नेतृत्व गर्ने मौका पाएका हुन् ।

यसअघि उनले हालै इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा यू २३ टोलीको कप्तानी गरेका थिए । यू २३ बाहेक तीन खेलाडीलाई टोलीमा राख्न पाउने व्यवस्था अनुसार नेपालले किरण, रोहित चन्द र विशाल राईलाई मौका दिएको थियो । भुटानविरुद्धको खेल किरणका लागि राष्ट्रिय टोलीबाट ५३ औं खेल हो । किरणले सन् २००८ को च्यालेन्ज कप छनोटमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

February 28, 2025

एन्जिला ग्रिस फर्किइन्

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका‌ लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]

February 28, 2025

केपी ओली कप सेमिफाइनल – आर्मी र संकटा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपको फाइनल आज

हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]

Success

Thank you for your time.