6 years ago
September 6, 2018
प्रकाश तिमल्सिना
ढाका –साफ च्याम्प्यिनसिप ( साफ सुजुकी कप) अन्तर्गत भुटानविरुद्ध हुने दोस्रो खेलमा नेपालले कप्तान विराजसहित तीन खेलाडी परिवर्तन गरेको छ । पाकिस्तानसँग खेलको विराज, फरवार्ड नवयुग श्रेष्ठ र भरत खवासलाई आराम दिए प्रशिक्षक बालगोपाल महर्जनले दीनेश राजवंशी, सुनिल बल र विशालाईलाई पहिलो रोजाइमा राखेका छन् ।
आजको खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी सम्हाल्नेछन् । अन्य आठ खेलाडी भने पाकिस्तानसँगको पहिलो खेलमै रहेका छन् । साफ च्याम्पियनसिपमा अघिल्लो चरणको यात्राका लागि नेपाल र भुटान दुवैका लागि आजको खेल महत्वपूर्ण रहेको छ । आजको खेल गुमाउने टोलीले अघिल्लो चरणको यात्रा कठिन हुनेछ ।
नेपाली टोली
गोलकिपर- किरण चेम्जोङ
रक्षक -आदित्य चौधरी, दीनेश राजवंशी, सुमन अर्याल, अनन्त तामाङ
मिडफिल्ड -रोहित चन्द, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्ड – विमल घर्तिमगर
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बा व्यवसायिक फुटबलका लागि आज ग्रिस प्रस्थान गरेकी छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाह र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानलगायतले एन्जिलालाई बिदाइ गरे। एन्जिलाको कप्तानीमा नेपाली टोलीले बुधवार म्यानमारसँग फोर नेसन्स […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]