default_image

7 years ago

September 6, 2018

साफ च्याम्पियनसिपः नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

80 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा भैरहेको साफ च्याम्पियनसिप (साफ सुजिकी कप) मा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ ।

नेपाल पाकिस्तानसँग अन्तिम समयमा गोल खादै २–१ ले पराजित भएको थियो । यस्तोमा नेपाल पहिलो जितका खोजीमा हुनेछ । जारी साफ च्याम्पियनसिपमा रहिरहन नेपाललाई भुटानविरुद्धको खेलमा निश्चित जित आवश्यक छ । बराबरीले अर्काे चरणको सम्भावना न्युन रहदा हारले भने नेपालको यात्रा फेरि समूह चरणबाटै टुंगिनेछ । नेपालले अघिल्लो साफमा पनि समूह चरण पार गर्न सकेको थिएन ।

भुटानविरुद्धको खेलमा नेपालले अहिलेसम्म हार बेहोरेको छैन । साफमा दुईपटक आमनेसामने हुदा दुवै खेलमा नेपाल विजयी हुन सफल भएको छ । नेपाली टिमका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्धको जितबाहेकको विकल्प नरहेको बताएका छन् ।

यता, भुटान पनि समूहमा अंकविहीन रहेकाले पहिलो जित निकाल्दै दोस्रो चरण पुग्ने सम्भावना जीवितै राख्ने योजनामा हुनेछ । भुटान पहिलो खेलमा आयोजक बंगलादेशसँग २–० ले पराजित भएको थियो ।

नेपालविरुद्धको खेलमा भुटानका २२ वर्षीय फरवार्ड चेन्चो ग्याल्जेन मुख्य हतियार हुनेछन् । चेन्चो भारतीय आइ लिग क्लबबाट व्या

वसायिक फुटबल खेल्ने गर्दछन् । बंगलादेशविरुद्धको खेलमा उनी बंगाली डिफेन्डरको मार्कमा रहँदा खुलेर खेल्न सकेको थिएन ।
भुटानका प्रशिक्षक ट्रिभोर मोर्गानले दुवै टोलीले पहिलो खेल गुमाएका कारण खेल खुल्ला हुने बताएका छन् ।

समूह ‘ए’ मा नेपाल र भुटान अंकविहीन हुदा बंगलादेश र पाकिस्तानले समान ३ अंक जोडेका छन् ।

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

Success

Thank you for your time.