6 years ago
September 6, 2018
स्लोभाकिया (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा स्लोभाकिया विजयी भएको छ । घरेलु मैदानमा बिहिबार राति भएको खेलमा स्लोभाकियाले डेनमार्कमाथि ३–० को सहज जित निकालेको हो ।
स्लोभाकियाको जितमा आदम नेमिक, अल्वर्ट रस्नकले गोल गरे । एक गोल उपहार पाएको थियो । डेनमार्कमाथि खेलको शुरुबाटै आक्रमण बुनेको स्लोभाकियाले ११औं मिनेटमा अग्रता बनाएको थियो । जुराज कुकाको पासमा आदम नेमिकले गोल गरेका थिए ।
३७औं मिनेटमा जुराज कुकाकै पासमा अल्वर्टकै पासमा गोल गरेपछि स्लोभाकिया २–० ले अघि बढेको थियो । ७९औं मिनेटमा डेनमार्कका आदम फग्टले आत्मघाती गोल गरेपछि स्लोभाकियाले ३–० को सहज जित निकाल्यो ।
डेनमार्कका केही मौकाहरुलाई स्लोभाकियाले गोलरक्षकले बचाउदा डेनमार्क गोल गर्न असफल बन्यो ।
March 1, 2025
धनगढी (हाम्रो खेलकुद)- धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट ४ फुटबल खेलाडी छनोट भएका छन् । नेपाल सुपर लिग( एनएसएल) तेस्रो संस्करणका लागि धनगढी एफसीले शनिवार धनगढी स्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा ४ जना खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमित सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मिडफिल्डर) रहेका छन् […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग ( एनएसएल) टोली झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टोली भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए । अध्यक्ष खड्काले यो पटकको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]