6 years ago
September 10, 2018
एजेन्सी – च्याम्पियन्स लिगको खेल तालिका सार्वजनिक भएसंगै युरोपका टोलिले आफ्नो भाग्य निर्धारणको बाटो हेर्न थालिसकेका छन् । बार्सिलोना, पेरिस सेन्ट जर्मन र लिभरपुल जस्ता क्लबहरु कठिन समुहमा परेसंगै सबैले ठूला क्लबहरुका खेल पर्खिन थालेका छन् ।
क्लबहरुको खेलसंगै ठूला र नाम चलेका स्ट्राइकरहरुले यस सिजन कति गोल गर्छन भन्ने अड्कल बाजी चल्न थालेका छन् । युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पछिल्लो सिजन सर्वाधिक गोलकर्ता बनेका कारण यस सिजन उनको नाममा कति गोल रहला भन्ने प्रश्न धेरैमा उठेको छ । तर अरु ५ त्यस्ता स्ट्राइकर रहेका छन् जसले यो सिजन रोनाल्डोभन्दा धेरै गोल गर्न सक्छन् :
५) एडिन्सन कभानी (पेरिस सेन्ट जर्मन)
यस सिजन च्याम्पियन्स लिगमा रोनाल्डोलाई पछि छाड्न सक्ने स्ट्राइकर हुन् पेरिस सेन्ट जर्मनका एडिन्सन काभानी। पेरिसको टोलीको उत्कृष्ट ट्रियोका एक सदस्य काभानीलाई ब्राजिलियन नेईमार र फ्रान्सका युवा एम्बाप्पेको सहयोग रहने छ। यस सिजन च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्ने अपेक्षा राखिएको पेरिसको प्रदर्शन काभानिमा समेत निर्भर रहने छ।
४) ह्यारी केन (स्पर्स)
टोटनह्यामका स्टार ह्यारी केन अन्तिम केहि सिजन यता इंगलिस प्रिमियर लिगकै उत्कृस्ट स्ट्राइकरको रुपमा अगाडी आएका छन् । गत सिजन समेत च्याम्पियन्स लिगको ७ खेलबाट ७ गोल गरेका केनले यस सिजन अझ निखारिएको प्रदर्शन गर्ने धेरैको आशा छ । पछिल्लो सिजन राउण्ड अफ १६ मा युभेन्ट्ससंग पराजित टोटनह्यामले यस सिजन केनबाट अझ राम्रो प्रदर्शनको अपेक्षा गरेको छ । विपक्षिको रक्षापंक्तिका खेलाडीहरुलाई सजिलै झुक्याउन सक्ने केनको क्षमताले उनलाई रोनाल्डोभन्दा धेरै अगाडी पुर्याउन सक्छ ।
३) नेयमार (पेरिस सेन्ट जर्मेन)
यो सुचिमा रहेका अर्का पेरिस सेन्ट जर्मनका स्टार नेयमारले समेत यो सिजन रोनाल्डोलाई च्याम्पियन्स लिगमा पछी छाड्न सक्छन् । आफ्नो गति र शातिर दिमागका लागि चिनिने नेयमारले च्याम्पियन्स लिगमा विपक्षि डिफेन्डरलाई धेरै समस्या दिन सक्छन् । गत सिजन चोटका कारण अपेक्षा गरे अनुरुप प्रदर्शन गर्न नसकेका नेइमार यो सिजन भने रोनाल्डोलाई पछि छाड्न सक्ने खेलाडी हुन् ।
२) मोहम्मद सलाह(लिभरपुल)
वर्तमान समयमा युरोपका उत्कृष्ट स्ट्राइकर मध्येका एक हुन् मोहमद सलाह । गत सिजन च्याम्पियन्स लिगमा १३ खेलमा १० गोल गरेका सलाह यो सिजन समेत राम्रो प्रदर्शन गर्ने दाउमा रहने छन् । आफ्नो गति र दिमागले धेरै खेलाडीलाई एकैपटक पछि छाड्न सक्ने क्षमता सलाहमा रहेको छ । पछिल्लो सिजन समेत प्रतियोगिताको शिर्ष गोलकर्ताको सुचिमा रोनाल्डोलाई कडा टक्कर दिएका सलाहले यस सिजन भने रोनाल्डोलाई पछि छाड्न सक्छन् ।
१) लियोनल मेस्सी (बार्सिलोना)
यदि च्याम्पियन्स लिगमा समेत कसैले रोनाल्डोलाई गोलको विभागमा पछि छाड्न सक्छ भने त्यो अरुकोही होइन लियोनल मेस्सी नै हुन् । रोनाल्डो र मेस्सीको जोडीको प्रतिस्पर्धाको पछिल्ला १० बर्षमा सारा फुटबल जगतले देखेको छ। आफ्नो टोलीका लागि महत्त्वपूर्ण रहेका मेस्सीले आफु चलेको दिनमा विषको जुनसुकै विपक्षिलाई समेत एक्लै हराउन सक्छन् । विश्वकप र पछिल्लो सिजनको च्याम्पियन्स लिगको खराब यात्रालाई भुल्दै मेस्सी पुनः च्याम्पियन्स लिगमा छाउन आतुर छन् । यसपटक बार्सिलोनाको कप्तानीको थप जिम्मेवारी बोकेका मेस्सीले गोलको तुलनामा रोनाल्डोलाई पछि छाड्न सक्छन् ।
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद) – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरण प्रवेश गर्नका लागि हुने नकआउट राउन्डमा च्याम्पियन्स लिग सर्वाधिक १५ पटक जित्ने रियल म्याड्रिड र म्यानचेस्टर सिटी खेल्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको ड्र अनुसार रियल म्याड्रिड र सिटी मध्य एक टोली मात्र यस सिजन च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा पुग्ने भएका […]
January 31, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता अर्को साता सुरु हुने भएको हो । लखन ब्रदर्श युथ क्लबको आयोजनामा माघ २२ गते प्रतियोगिता सुरु हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको […]
January 31, 2025
एजेन्सी – अल नासरले साउदी प्रो लिगमा अल रैदलाई पराजित गरेको छ । किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा बिहीवार नासरले रैदलाई २-१ ले हराएको हो । नासरको जितमा क्रिस्टियानो रोनाल्डो र नवाफ बौउशलले गोल गरे । अल रैदका लागि अमिर सायुदले गोल फर्काए । खेलको ३५औं मिनेटमा रोनाल्डोको गोलबाट अल नासरले अग्रता लियो । खेलको […]