6 years ago
September 5, 2018
प्रकाश तिमल्सिना
ढाका – नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जन आफ्ना हरेक सफलतामा परिवारलाई सम्झने गर्छन् । उनी खेल जीवनमा फेरि एकपटक त्यस्तै सफलताको नजिक छन् । राष्ट्रिय टोलीबाट डेब्यू गरेको एक दशक पछि उनी नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने क्रममा छन् । ढाकामा जारी साफ च्याम्पियनसिपमा उनले मौका पाए उनी राष्ट्रिय टिमबाट सबैभन्दा धेरै क्याप जित्ने खेलाडी बन्नेछन् ।
ढाकामा मंगलबार सुरु भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरद्धको पहिलो खेलमा विराजले नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बराबरी गर्न सफल भएका थिए । नेपालका लागि सर्वाधिक खेलेको कीर्तिमान पुराना कप्तान राजुकाजी शाक्यको नाममा रहेको थियो । शाक्यले नेपालका लागि सर्वाधिक ६८ पल्ट खेलेका छन् । विराजले उनको यही उपलब्धि बराबरी गरेका हुन् । भुटानविरुद्ध खेल्ने मौका पाए विराजको खेल संख्या ६९ पुग्नेछ ।
एन्फा एकेडेमी दोस्रो ब्याचको उत्पादन विराजले सन् २००८ मा पोखरामा पाकिस्तानविरुद्ध भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीका लागि पहिलो पल्ट खेलेका थिए । डेब्यू गरेका थिए । उनी ८९औं मिनेटमा अन्जन केसी (हाल प्रतिबन्धित) को स्थानमा मैदान छिदै राष्ट्रिय टिममा डेब्यु गरेका थिए । भारतविरुद्ध दुई वर्षअघि पुनेमा भएको मैत्रीपूर्णमा विराजले नेपालका लागि ५० औं खेल खेले पूरा गरेका थिए ।
उनले कप्तानीको पहिलो अवसर भने केरलाको त्रिवेन्द्रममा भएको साफ च्याम्पियनसिपमा पाएका थिए । जति बेला नेपालले लिग चरणको आफ्नो दोस्रो खेलमा भारतसँग खेलेको थियो । श्रीलंकाविरुद्धको पहिलो खेलमा अनिल गुरुङ कप्तान थिए । भारतविरुद्ध दोस्रो खेलमा भने अनिलले सुरुदेखि खेल्ने मौका पाएनन् । जसका कारण विराज कप्तान बने ।
प्रशिक्षणका दौरान कप्तान बिराज महर्जन । तस्बिर: विवेक सुवेदी
दुई वर्षअघि नेपालले बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि जित्दा विराज नै कप्तान थिए । यस्तै नेपालले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जित्दा पनि नेतृत्व उनले नै गरेका थिए । दुई वर्षअघि सोलिडारिटी कपमा अनिल कप्तान थिए तर, फाइनलमा नेपाल विराजकै कप्तानीमा उत्रेको थियो ।
विराजले यस सफलतामा गौरव महसुस गरेका छन् । ‘मैले फुटबल खेल्न सुरु गर्दा यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिइनँ । निरन्तर मिहिनेत गर्दै गएँ र सौभाग्य भन्नुपर्छ राष्ट्रिय टोलीको जर्सी लगाउने मौका पाएँ । यहाँसम्म आइपुग्दा मलाई परिवार, समकक्षी खेलाडी र प्रशिक्षक तथा समग्र फुटबलको साथ मिलेको छ,’ उनले भने, ‘देशको प्रतिनिधित्व गर्नु गौरवको कुरा हो, जुन मैले लगातार प्राप्त गरिरहेको छु । मैले प्रत्येक खेल आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रण गरेर मैदानमा उत्रन्छु । अहिले इतिहासमा आफ्नो नाम लेखाउन पाउँदा मसँग खुसी व्यक्त गर्न शब्द छैन ।’
लामो समय रुस्लान थ्रीस्टार क्लबबाट व्यावसायिक फुटबल खेलेका उनी हाल मनाङ–मर्स्याङदी क्लबबाट फुटबल खेलिरहेका छन् । डिफेन्डरको जुनसुकै भुमिका निर्वाह गर्न सक्ने उनी ओभर ल्यापमा गएर पास मिलाउन पनि माहिर छन् । करियरको अन्तिम समयतिर रहेका विराजको सम्भवत यो साफ नै उनको अन्तिम साफ हुनेछ । सन्यासको योजना बनाएपनि उनले आफ्नो शरीरले साथ दिएसम्म टिममा उपलब्ध रहिरहने बताएका छन् । आगामी दिनमा पनि विराज यसलाई निरन्तरता दिने सुरमा छन् ।
‘जतिसम्म मेरो तन–मनले साथ दिन्छ, त्यसबेलासम्म म निरन्तर राष्ट्रको सेवामा समर्पित छु , उनले भने, अब नयाँ खेलाडीका लागि ठाँउ छाड्ने सोच बनाएको छु । म अझै पनि खेल्न सक्ने क्षमता राख्छु र राष्ट्रिय टोलीको सफलतामा योगदान दिन सकेसम्म मैदानमा डटिरहने छु ।’ सन्यासको लागि समय नतोकेपनि अब उनले विश्रामको सोच भने बनाएका छन् । यद्दपी उनले सन्यासको घोषणा गर्दा राष्ट्रिय टोलीमा अहिले रहेका खेलाडी र नयाँ आउनेका लागि चुनौतिपूर्ण खेल संख्या हुनेछ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]