default_image

6 years ago

September 5, 2018

‘भुटानविरुद्ध जितको विकल्प छैन’ -प्रशिक्षक महर्जन

102 views

0 Bookmark

प्रकाश तिमल्सिना
ढाका – नेपाली फुटबल टोली साफ च्याम्पियनसिप (साफ सुजुकी कप) को यस्तो मोडमा आइपुगेको छ, जसको प्रतिकुल नतिजाले टोली प्रतियोगिताबाट बाहिरिनेछ । त्यसैले नेपालले अघिल्लो चरणको यात्रालाई बलियो बनाउन बिहीबार भुटानसँगको खेलमा निश्चित जित निकाल्नु पर्ने हुन्छ ।

सेख जमााल धनमुन्डी क्लबको मैदानमा बुधबार अभ्यास गर्दै नेपाली टोली । तस्बिर :विवेक सुवदी/हाम्रो खेलकुद

च्याम्पियनसिपको पहिलो दिन पाकिस्तानलाई २–१ को नतिजा सुम्पदै नेपालले निराशाजनक सुरुवात गरेको थियो । नेपालको अवस्था छ, च्याम्पियनसिपमा भुटानको अवस्था त्यो भन्दा कमजोर छ । कारण भुटान आयोजक बंगलादेशसँग २–० ले पराजित भएको थियो ।

नेपाल र भुटान पहिलो खेलबाटै त्यो अवस्थामा पुगेका छन्, जसलाई आफ्नो नतिजाले मात्र सेमिफाइनल पुग्न पर्याप्त नहुन सक्छ । बंगलादेश र पाकिस्तानले पहिलो खेल जित्दै सेमिफाइनलको दाबेदारी प्रस्तुत गर्नेछ । नेपालले भुटानसँग बराबरी खेले मात्र पनि टोलीको अघिल्लो चरणको यात्रा निकै जटिल बन्नेछ । त्यसमा गणतिय सम्भावना र अन्य खेलको नतिजा कुर्नुे हुन्छ ।

पाकिस्तानसँगको पराजय पछि बंगलादेश र भुटानको खेल हेरेका नेपाली टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भनेका छन् , भुटान र बंगलादेशसँग हानुपर्ने कुनै कारण छैन । तर, खेल हो हामीले आफ्नो क्षमता अनुसार खेल्यौं भने अघि बढ्ने सम्भावना अझै छ । नेपालका लागि भुटान त्यस्तो प्रतिद्धन्द्धि हो जोसँग साफ च्याम्पियनसिपमा अहिले सम्म हार्नु परेको छैन ।

अहिलेसम्म दुई पटक भिड्दा दुवै खेलमा नेपाल विजयी भएको थियो । सन् २००३ मा भुटानमाथि २–० को जित निकाले नेपालले २००५ मा ३–१ ले हराएको थियो । यही दुवै जितलाई नेपाल निरन्तरता दिने योजनामा हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग राम्रो खेलेपनि अन्तिम समयमा सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो । पाकिस्तानविरुद्धको खेलमा स्ट्राइकिङ लाइनमा समस्या देखिएको प्रशिक्षक महर्जन मान्छन् ।

भुटानविरुद्धको खेलमा अघिल्लो खेलको कमजोरीलाई सुधार गनुपर्ने उनको तर्क छ । ‘हिजोको नतिजा के भयो । अब त्यसमा सोचेर काम छैन,’ उनले भने, ‘हामीले बाँकी दुई खेलका बारेमा सोच्ने हो । भुटानसँग जितको विकल्प छैन ।’

अर्को तिर भुटान पक्कै पनि नेपाललाई पराजित गर्दै अघिल्लो चरणको यात्रा अघि बढ्ने सम्भावना बलियो बनाउ चाहन्छ । बंगलादेशविरुद्धको खेलमा पराजित भएपनि भुटानले राम्रो खेल पस्केको थियो । भुटानी टिमका प्रशिक्षक ट्रिभोर मोर्गानले समुह चरणको पहिलो खेलमा दुवै टिमले हार बेहोरेका कारण अघिल्लो चरणबा लागि सबैको सम्भावना रहेको बताए ।

February 28, 2025

केपी ओली कप सेमिफाइनल – आर्मी र संकटा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल आज हुँदैछ। दशरथ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग टोली त्रिभुवन फुटबल आर्मी क्लब र संकटा एफसी बिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे सुरु हुनेछ। संकटाले एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ। अर्को विभागीय टोली नेपाल […]

February 28, 2025

भद्रपुर झापा गोल्डकपको फाइनल आज

हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

Success

Thank you for your time.