6 years ago
September 5, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस राष्ट्रिय टोली एवं रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले गत सिजन क्रिस्टियानो रोनाल्डोभन्दा लुका मोड्रीचले राम्रो प्रदर्शन गरेका कारण क्रोएसियाका मिडफिल्डर नै उपाधि हकदार भएको बताएका छन् ।
गत साता फ्रान्सको मोनाकोमा भएको यूईएफए अवार्ड समारोहबाट लुका मोड्रीचले उत्कृष्ट पुरुष खेलाडीको उपाधि जित्दै घर फर्किए । रियल म्याड्रिडले पछिल्लो सिजन च्याम्पियन्स लिग जित्दा मोड्रीचको भूमिका महत्वपूर्ण थियो । मोड्रीचकै कप्तानीमा विश्वकप फुटबलको फाइनलमा फ्रान्ससंग ४-२ को हार बेहोरेको क्रोएसियालाई त्यस ठाउँसम्म पुर्याउन मोड्रीच नायक बनेका थिए ।
रोनाल्डोले च्याम्पियन्स लिगमा उत्कृष्ट लयलाई गत सिजन समेत कायम राखेका थिए । उनी भने मोड्रीचले युईएफए अवार्ड जितेकोमा खुसी थिएनन् । त्यसैकारण समेत उनी अवार्ड समारोहमा समेत उपस्थित भएनन् । यसैबीच रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले भने रोनाल्डो मोड्रीचले अवार्ड जितेकोमा भन्दा आफुले नाजितेकोमा दुखि रहेको बताएका छन् । उनले भने, “मलाई लाग्दैन कि मोड्रीचले अवार्ड जितेकोमा रोनाल्डो दुखि छन् । उनी आफुले नाजितेकोमा दुखि भएको हुन सक्छन् ।’
रामोसले थपे, ‘मेरो बिचारमा सो अवार्ड कसैले पाउनु पर्छ त्यो मोड्रीच नै हो । उनी गत सिजनको उत्कृष्ट खेलाडी थिए । ‘ रोनाल्डोभने आफ्नो नयाँ टोलि युभेन्ट्ससंग इटालीमा रहेका छन् । घरेलु लिगमा गोलको खाता खोल्न नसकेका रोनाल्डो च्याम्पियन्स लिगमा आफ्नो लय कायम राख्ने लक्ष्यमा छन् ।
March 1, 2025
धनगढी (हाम्रो खेलकुद)- धनगढी एफसीको ट्यालेन्ट हन्ट बाट ४ फुटबल खेलाडी छनोट भएका छन् । नेपाल सुपर लिग( एनएसएल) तेस्रो संस्करणका लागि धनगढी एफसीले शनिवार धनगढी स्थित रंगशालामा गरेको ट्यालेन्ट हन्टमा ४ जना खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा दिनेश नेपाली (गोलकिपर), सुमित सार्की (फरवार्ड), सोयम चौधरी (डिफेन्डर) र सन्दीप धामी (मिडफिल्डर) रहेका छन् […]
March 1, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग ( एनएसएल) टोली झापा एफसीका अध्यक्ष अर्पण खड्काले झापाबासीलाई झापा एफसीको अपनत्व ग्रहण गर्न आग्रह गरेका छन् । बिर्तामोडमा आज पत्रकार सम्मेलन गर्दै उनले एनएसएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टोली भएकाले सबै पूर्वेलीसँग सहयोगको अपेक्षा रहेको बताए । अध्यक्ष खड्काले यो पटकको एनएसएल च्याम्पियन बन्नेगरी तयारी सुरु […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली मिडफिल्डर प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छिन्। योङ स्टार फाउन्डेसनले आयोजित कार्यक्रममा प्रीतिलाई १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो। फाउन्डेसनका अध्यक्ष मोहन चन्द्र सिंह र पूर्व खेलाडी ललित विक्रम शाहले सम्मान गरे। कार्यक्रममा प्रीतिलाई एन्फा महिला लिगमा उत्कृष्ट खेलाडी भएकोमा […]