6 years ago
September 4, 2018
ढाका (हाम्रो खेलकुद) – आयोजक बंगलादेशले साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा विजयी सुरुवात गरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार साँझ भुटानलाई २–० ले हराउँदै बंगलादेशले विजयी सुरुवात गरेको हो ।
बंगलादेशका लागि पहिलो गोल टोपु ब्रमनले दोस्रो मिनेटमा पेनाल्टी माफर्त गरेका थिए । अर्को गोल ४७ औं मिनेटमा महबुर रहमानले गरेका थिए । समूह ‘ए’मा बंगलादेश र पाकिस्तानले समान ३ अंक जोड्दै सेमिफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएका छन् । नेपाल र भुटान अंक बिहिन छन् । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ को हार बेहोरेको थियो ।
बिहीबार नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा बंगलादेशले पाकिस्तानको सामना गर्नेछ । ७ राष्ट्रिको सहभागिता रहेको साफ च्याम्पियनसिपको समूह बीमा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]