6 years ago
September 4, 2018
प्रकाश तिमल्सिना
ढाका – साफ च्याम्पियनसिप (साफ सुजुकी ) कपको पहिलो खेलमा निराशाजनक हार बेहोरेको नेपाली फुटबल टोली आफ्नो समूहको अर्को खेल हेरिरहेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा समूह एको अर्को खेलमा आयोजक बंगलादेशबीच खेल जारी छ । अन्तिम समयमा सम्हालिन नसक्दा मंगलबार नेपाली टोली पाकिस्तानसँग २–१ ले पराजित भएको छ ।
५ मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा गोल खादै नेपाल पराजित भएको थियो । इन्जुरी समयमा मुहम्मद अलि निर्णायक गोल गरेका थिए । सदुल्लाहको क्रसमा मुहम्मदले नजिकबाट गोल गर्दै पाकिस्तानलाई जित दिलाएका थिए । त्यसअघि नेपाललाई खेलमा फर्काउने क्रममा विमल घर्तीमगरले ८२ औंमा मिनेटमा खेलमा बराबरी गरेका थिए ।
सन् २०१३ को काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा पनि पाकिस्तानविरुद्ध इन्जुरी समयमा विमलले बराबरी गोल गर्दै टोलीलाई हार जोगाएका थिए । त्यति बेला नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो । त्यसता नेपाल र पाकिस्तानबीच यो पहिलो खेल हो । पाकिस्तानविरुद्ध मंगलबार सुजल श्रेष्ठको कर्नरमा आएको बल परिवर्तित नीराजन खड्काले हेडमार्फत मिलाएपछि विमलले नजिकबाट गोल गरेका थिए ।
६७ औं मिनेटमा नवयुगको ठाँउमा नीराजन मैदान प्रवेश गरेपछि नेपालले दबाब बढाएको थियो । पाकिस्तानले पहिलो हाफमा अग्रता लिएको थियो । त्यसअघि ३६ औं मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोलमा नेपाल पछि परेको थियो । नेपाली टोली कप्तान विराज विराज महर्जनले महम्मद रिजाजलाई पेनाल्टी बक्समा फाउल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । विराजले पहेलो कार्डको दर्शन गरेका थिए । नेपाल अर्को खेल भुटानसँग बिहीबार खेल्नेछ ।
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]