default_image

7 years ago

September 5, 2018

महर्जनको नेतृत्वमा राष्ट्रिय टोली पहिलो हार

67 views

0 Bookmark

प्रकाश तिमल्सिना
ढाका – बालगोपाल महर्जनको प्रशिक्षणमा नेपाली राष्ट्रिय टोलीले पहिलो हार बेहोरेको छ । उनको नेतृत्वमा नेपालले ४ खेलमा भोगेको यो पहिलो पराजय हो । उनको नेतृत्वमा रहेको नेपाली टोली मंगलबार साफ च्याम्पियनसिपको पहिलो खेलमा मंगबार २–१ ले स्तब्ध भएको थियो।

 

यसअघि सन् २०१६ मा बंगबन्धु गोल्ड कप जिताउँदा पहिलो पटक टोलीको प्रशिक्षण गर्ने मौका पाएका महर्जनले टोलीलाई ३ खेलमा अपराजित बनाएका थिए । बंगबन्धु गोल्ड कप जिताउने क्रममा २ जित र १ खेलमा बराबरी गरेका थिए ।

बहराइनसँगको फाइनल खेलले भने अन्तर्राष्ट्रिय खेलको मान्यता पाएको थिएन । बहराइनको यू २३ टोलीले बंगबन्धु गोल्डकप खेलेको थियो । बंगबन्धमा श्रीलंकालाई १–० र माल्दिभ्सलाई ४–१ ले हराएको नेपालले बंगलादेशसँग भने गोलरहित बराबरी खेलेको थियो ।

March 6, 2025

विश्वकपमा भन्दा क्लब विश्वकपको पुरस्कार राशी निकै बढी

एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

Success

Thank you for your time.