6 years ago
September 4, 2018
प्रकाश तिमल्सिना
ढाका – बंगलादेशको ढाकामा सुरु भएको साफ सुजुकी कपको उद्घाटन खेलको पहिलो हाफ नेपाल १–० ले पछि परेको छ । पाकिस्तानविरुद्धको खेलमा तुलानात्मक रुपमा हावी देखिएपनि आफ्नै गल्तिमा नेपाल खेलमा पछि परेको थियो ।
३६ औं मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोलमा नेपाल पछि परेको थियो । विराज महर्जनले महम्मद रिजाजलाई पेनाल्टी बक्समा फाउल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । विराजले पहेलो कार्डको दर्शन गरेका थिए ।
खेलमा पछि पर्नुअघि नेपालले केहि अवसर पाएर पनि फितलो प्रहार गरेको थियो । १३ औं मिनेटमा विमल घर्तीमगरको क्रसमा नवयुग श्रेष्ठको हेड पोस्टको धेरै टाढाबाट बाहिरयो । २५ औं मिनेटमा विराजको क्रस सोझै किपरको हातमा परेको थियो । ३० औं मिनेटमा नवयुगको फिलतो प्रहार क्रसबारको निक्कै माथिबाट बाहिरिएको थियो ।
चार वर्षको फिफा प्रतिबन्ध पछि पाकिस्तानको सिनियर टोली पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिरहेको छ । नेपाल र पाकिस्तानबीच पाँच वर्षपछिको यो पहिलो भेट हो । सन् २०१३ मा साफ च्याम्पियनसिपमा एकै समूहमा परेका यी दुई टोलीबीचको समूह चरणको खेल १–१ को बराबरीमा टुंगिएको थियो । त्यो खेलमा विमल घर्ती मगरले बराबरी गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि विमलको त्यो पहिलो गोल थियो ।
खेलमा पछि परेर पनि नेपालले एउटा राम्रो अवसर पाएको थियो । तर, सफल हुन सकेन । कर्नरमा आएको बलमा डेब्यू गरिरहेका सुमन अर्यालले हेड प्रहार गरे पनि पाकिस्तानका गोलकिपर युसफ इजाज बटले रोकेका थिए ।
सार्क गोल्ड कप र साफ च्याम्पियनसिपमा गरि नेपाल र पाकिस्तानबीच ६ पल्ट प्रतिस्पर्धा भएको छ । जसमा २ खेलमा जित र १ खेलमा हार बेहोरेको नेपालले ३ खेलमा बराबरी गरेको छ । समूह एमा नेपाल, पाकिस्तानसँगै भुटान र आयोजक रहेका छन् । अर्को समूहमा सर्वाधिक सफल टोली भारत, श्रीलंका र माल्दिभ्स छन् । आजै हुने अर्को खेलमा भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
February 28, 2025
हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]