default_image

6 years ago

September 4, 2018

साफ सुजुकी कप – पाकिस्तानविरुद्ध नेपालको पहिलो रोजाई तय

72 views

0 Bookmark

प्रकाश तिमल्सिना
ढाका –साफ सुजुकी कपअन्तर्गत पाकिस्तानविरुद्ध मंगलबार हुने उद्घाटन खेलमा नेपाली टोलीको पहिलो रोजाई पक्का भएको छ । रक्षक सुमन अर्यालले डेब्यूको अवसर पाउने छन् । खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ  ।

ढाका – साफ सुजुकी कपअन्तर्गत पाकिस्तानविरुद्ध मंगलबार हुने उद्घाटन खेलमा नेपाली टोलीको पहिलो रोजाई पक्का भएको छ । रक्षक सुमन अर्यालले डेब्यूको अवसर पाउने छन् । खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ । साफ च्याम्पियनसिपमा नेपालले अहिले सम्म पाकिस्तानसँग ६ पल्ट प्रतिस्पर्धा गरेको छ ।

जसमा २ खेल जित र १ हार बेहोरेको नेपालले ३ खेलमा बराबरी गरेको छ । समूह एमा नेपाल, पाकिस्तानसँगै भुटान र आयोजक रहेका छन् । अर्को समूहमा सर्वाधिक सफल टोली भारत, श्रीलंका र माल्दिभ्स छन् । आजै हुने अर्को खेलमा भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।


नेपाली फुटबल टोली सुरुवाती- ११  

गोलकिपर – किरण चेम्जोङ
रक्षक – विराज महर्जन (कप्तान), सुमन आर्याल, अनन्त तामाङ, आदित्य चौधरी
मिडफिल्ड – विमल घर्ती मगिर, रोहित चन्द सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्ड – भरत खवास, नवयुग श्रेष्ठ

 

February 28, 2025

भद्रपुर झापा गोल्डकपको फाइनल आज

हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

Success

Thank you for your time.