default_image

6 years ago

September 4, 2018

एन्फालाई पुरस्कार राशी बढाउन पूर्व अध्यक्षको आग्रह

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबारदेखि सुरु हुने साफ च्याम्पियनसिप जितेमा टोलीका प्रत्यक सदस्यलाई ५-५ लाख दिने घोषणा गरेको थियो । खेलाडीहरुलाई बिदाइ गर्ने समयमा गरिएको उक्त घोषणाले खेलाडीको मनोबल उच्च हुने धारणा एन्फाको रहेको छ ।

Ganesh thapa

एन्फा पूर्व अध्यक्ष गणेश थापा ।

यसैबीच एन्फाका पूर्व अध्यक्ष गणेश थापाले भने उक्त पुरस्कार राशी कम भएको बताएका छन् । थापाले सामाजिक संजालमा लेख्दै वर्तमान कार्यसमितिले अहिलेको परिपेक्षमा अझै ठूलो पुरस्कार राशी राख्नुपर्ने बताएका हुन् । थापा अध्यक्ष छँदा सन् २०१३ को साफ च्याम्पियनसिपमा नेपालले उपाधि जिते एन्फाले सबै खेलाडीलाई अपार्टमेन्ट दिने घोषणा गरेको थियो ।  तर नेपाल सेमिफाइनलमा अफगानिस्तानविरुद्ध पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

थापाले लेखेका छन्, “साफ सुजुकी कप २०१८ मा सहभागी नेपाली राष्ट्रिय फुटबल टिमलाई सफलताको लागि शुभकामना दिन चाहन्छु । नेपाली राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनशिपमा सदैव शसक्त प्रर्दशन गर्दै दावेदारी प्रस्तुत गर्दै आईरहेको सर्वविदितैछ । साफ च्याम्पियनशिपमा विजयी भए विगतमा एन्फाले खेलाडीहरुको प्रोत्साहनका लागि अर्पाटमेन्ट दिने घोषणा गरेको परिप्रेक्ष्यमा वर्तमान एन्फा कार्यसमितिले पनि टिमको उच्च मनोवलका लागि सोही खालको पुरस्कारको घोषणा गर्नेमा आशावादी छु । नेपाली टिमलाई पुनः एक पटक सफलताको शुभ कामना ।”

नेपालले प्रतियोगिताको पहिलो खेलमा आज पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयानुसार दिनको ३:४५ बजे सुरु हुनेछ ।

February 28, 2025

भद्रपुर झापा गोल्डकपको फाइनल आज

हिमाल खरेल,भद्रपुर भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज झापाली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ । ‘बि’ डिभिजन लिगको तयारी गरिरहेको झापा ११ ले आयोजक क्लब भद्रपुर ब्लेजर्सको सामना गर्नेछ । पूर्वमा आयोजना हुने गोल्डकप प्रतियोगितामा पहिलोपटक दुई स्थानीय टोलीबीच उपाधि भिडन्त हुन लागेको हो । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ‘भद्रपुर झापा गोल्डकपले इतिहास रचेको छ, दुवै झापाली […]

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

Success

Thank you for your time.