9 years ago
February 23, 2016
१२औं साग अन्तर्गत फुटबलमा नेपाललाई स्वर्ण पदक दिलाएकाडिफेन्डर अनन्त तामाङ्ग र फरवार्ड अन्जन बिस्ट सिक्किमबाट फर्केका छन्|
साग सकिएलगत्तै भारतको गुहावटिबाटै सिक्किम तर्फ लागेका खेलाडीहरु गान्तोकको सिक्किम हिमालयन स्पोर्टिंग क्लबमा ट्रयालमा खेल्न गएका थिए| तर क्लबसँग सहमति हुन नसकेपछि खेलाडीहरु नेपाल फर्किएका हुन्|
अन्जन र अनन्त साफ यु-१९ विजेता टोली र बंगबंधु गोल्डकप विजेता टोलीमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए|
विगतमा पनि गणेश खड्का, योगेश गुरुङ जस्ता नेपाली खेलाडीहरु खेलिसकेको क्लब सिक्किम हाल आई-लिग को दोश्रो डिभिजनमा रहेको छ| दुवै खेलाडी अब नेपालमै खेल्ने सम्भावना बढी छ|
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]
January 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल अन्तिम दुईमा पुगेको हो । रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले । इन्ज्युरी समयको तेस्रो […]
January 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार तेस्रो जितसँगै एपिएफ फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणको शीर्षस्थानमा उक्लिएको छ। एपिएफले बिहीवार नेपाल पुलिस फुटबल क्लबलाई ६-० ले हरायो। एपिएफको जितमा अनिता बस्नेतले ह्याट्रिक गर्दा सरु लिम्बुले २ तथा रेनुका नगरकोटीले १ गोल गरिन्। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा एपिएफले पुलिस विरुद्ध पुर्णरूपमा दबाब बनायो। १० औं […]