6 years ago
September 3, 2018
दीपेन्द्र पोखरेल
टेक्सास, अमेरिका – अघिल्लो साता नेपाली फुटबल राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि २० सदस्यीय टोलीको घोषणा गरे ।
उक्त टोलीमा केहि यस्ता नाम छुटेका छन् जसले राष्ट्रिय टोलीलाई अझै बलियो बनाउन सक्ने क्षमता राख्थे । यी खेलाडी टोलीमा नहुनुमा भने विविध कारण रहेका छन् । राष्ट्रिय टोलीमा मिस हुने तीन खेलाडी यसप्रकार छन् :
विक्रम लामा, मिडफिल्डर
राष्ट्रिय टोलीका लागि विगत ७ वर्षदेखि मिडफिल्डको जिम्मेवारी बहन गर्दै आएका विक्रम चोटका कारण टोलीमा छैनन् । केहि महिनाअघि बुढासुब्बा गोल्डकपका दौरान चोट बोकेका उनले शल्यक्रिया गरेपनि मैदानमा समयमै पुनरागमन गर्न भने समय पाएनन् । विगत केहि वर्षयता नेपालले हासिल गरेको उपलब्धिमा महत्त्वपूर्ण भूमिका खेलेका विक्रमले घरेलु फुटबलमा पनि चुस्त प्रदर्शन गर्दै आएका थिए । थ्री स्टार क्लबका कप्तान समेत रहेका विक्रमको कमी टोलीको मिडफिल्डमा महसुस हुनेछ ।
रविन श्रेष्ठ, डिफेन्डर
फाइल तस्बिर
रविन श्रेष्ठ हालको नेपाली टोलीमा सबैभन्दा अनुभवी मध्यका खेलाडी थिए । गतवर्ष घुँडाको चोट बोकेर अधिकांश समय मैदान बाहिर रहेका रविन पछिल्लो महिना नेपाली टोली थाईल्यान्ड टुरमा जाँदा सँगै थिए । तर त्यस टुरको दोस्रो खेलमा उनी घाइते भए । उनको घुँडामा फेरी चोट लग्यो र खेल्न नसक्ने अवस्थामा पुगे । नेपाल फर्किएलगत्तै चिकित्सकको सल्लाहअनुसार विश्राममा रहेका रविनको कमीले टोलीलाई घाटा भएको छ । रक्षात्मक रुपमा निकै सबल खेलाडी रविनले आक्रमणमा पनि उत्तिकै सहयोग पुर्याउने गर्दथे ।
ग्योतोकु कोजी, प्रशिक्षक
प्रशिक्षक कोजी खेलाडी त होइनन् तर उनको अनुपस्थिति महँगो पर्न सक्छ । राष्ट्रिय टोलीका नियमित प्रशिक्षक जापानका ग्योतोकु कोजी भिसा प्रक्रिया नमिल्दा नेपाल आउन पाएनन् । एन्फाले उनको भिसा प्रक्रिया सुल्झाउन नसक्दा जिम्मेवारी खोस्दै टोलीको जिम्मा नै कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनलाई सुम्पियो । पछिल्लो झन्डै तीन वर्षदेखि टोलीको साथमा रहेका कोजीको स्थान तीन महिना साथ् रहेका महर्जनले हेर्दै छन् । यसबिचमा उनले टोलीलाई बुझ्ने प्रयत्न गरेपनि कोजीजतिको नजिक हुन भने पक्कै सक्दैनन् । एकैपटक राष्ट्रिय टोलीलाई मैदानमा उतार्दा कोजीको कमि पक्कै महसुस हुनेछ ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]