6 years ago
September 3, 2018
दीपेन्द्र पोखरेल
टेक्सास, अमेरिका – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबारदेखि सुरु हुने साफ च्याम्पियनसिपमा देशको फुटबल इतिहासकै सबैभन्दा ठूलो लक्ष्य प्राप्त गर्न प्रयत्न गर्दैछ । बंगलादेशको ढाकास्थित बंगबंधु अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगिता जिते नेपाली फुटबलले नयाँ आयाम पाउनेछ ।
विगत तीन दशकदेखि सुरु भएको प्रतियोगितामा नेपालले हालसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । तर नेपाली टोली यसपटक सदाझैं उपाधि जित्ने लक्ष्य बोकेर अगाडी बढेको छ । वर्तमान परिस्थिति हेर्ने हो भने नेपालको उपाधि जित्ने सम्भावना झिनो छ । तर नेपाली टोलीमा केहि यस्ता खेलाडी छन् जसको भरमा रहेर नेपालले उपाधि जित्ने सामर्थ्य राख्छ ।
किरण चेम्जोङ, गोलरक्षक
नेपाली टोलीमा हाल सबैभन्दा उत्कृष्ट लयमा रहेका खेलाडी गोलरक्षक किरण चेम्जोङ नै हुन् । उनले इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा जापान र भिएतनामसँग गरेको प्रदर्शनले उनको स्तर मापन गरेको थियो । पाकिस्तानविरुद्ध डिफेन्स केहि कमजोर रहँदा किरण निरिह बनेका थिए । पछिल्लो वर्ष भारतको शीर्ष डिभिजन आईलिग उपाधि जितेका किरण फेरी माल्दिभ्सको व्यवसायिक फुटबलमा होमिएका छन् । उनकै प्रदर्शनमा नेपालले साफ च्याम्पियनसिपमा ढुक्क बस्ने स्थिति रहेको छ ।
रोहित चन्द, डिफेन्डर/मिडफिल्डर
सम्भवत नेपाली फुटबल इतिहासमै उच्च श्रेणीको व्यवसायिक फुटबल खेल्ने खेलाडी हुन् रोहित । उनले पछिल्लो ८ वर्षदेखि आफूलाई विदेशी लिगमा आबद्ध गराउँदै आएका छन् । हाल पर्सिजा जकार्तामा मिडफिल्डको भूमिका निभाईरहेका रोहित क्लबमा उत्कृष्ट खेलाडीमध्ये एक हुन् । राष्ट्रिय टोलीमा भने उनले प्रशिक्षकको योजना अनुसार विभिन्न पोजिसनमा खेल्न सक्छन् । उनले आक्रमण र डिफेन्स दुवै पक्षमा टोलीलाई सन्तुलन प्रदान गरिरहेका छन् । प्रशिक्षक बालगोपाल महर्जनले उनलाई मिडफिल्डमै खेलाउने सम्भावना छ ।
विमल घर्तिमगर, फरवार्ड
पछिल्लो केहि समय लयबाहिर रहेका विमलमाथि यसपटक सबैको आशा टिकेको छ । उनलाई साफ च्याम्पियनसिप एक चुनौती र अवसरको रुपमा अगाडी आएको छ । विमलले राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्न नसकेको लामो समय भइसकेको छ । उनले करिअरको सुरुआतमा देखाएको आशा विगत केहि समयदेखि पातलिंदै गएको छ । यसपटक राष्ट्रकै सबैभन्दा अपेक्षित प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने अवसर उनीसामु रहेको छ । साफ राष्ट्रविरुद्ध राम्रो प्रदर्शन गर्ने विमलमाथि यसपटक गोल गर्ने जिम्मेवारी रहेको छ ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]