6 years ago
September 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली राष्ट्रहरुबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १२ औं संस्करण यसपटक बंगलादेशमा शुरु हुदैछ । प्रतियोगिता शुरु हुन अब दुई दिन मात्रै बाँकी छ । यसपटकको साफ सुजुकी कपमा सात राष्ट्रको सहभागिता रहेको छ ।
अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालले यसपटक पनि सेमिफाइनललाई नै पहिलो लक्ष्य बनाएको छ । नेपाली टोली सोमबार बंगलादेश प्रस्थान गरेको छ । मंगलाबार पाकिस्तानसँग खेल्दै नेपालले प्रतियोगिताको शुरुवात गर्दैछ । त्यसपछि शुक्रबार भुटान तथा भदौ २३ गते बंगादेशको सामना गर्दैछ ।
सन् १९९३ मा सार्क गोल्डकपका नामले शुरु भएको यो प्रतियोगिता १९९७ मा नेपालमा आयोजना भएपछि साफ च्याम्पियनसिप बन्न पुगेको थियो । त्यसयता यो प्रतियोगिता साफ गोल्डकप, साफ कोकाकोला गोल्डकप हुदै साफ सुजुकी कपको नामले पनि चिनिन्छ ।
सातौ साफ च्याम्पियनसिप: समूह चरण नै चुनौति
सातौ संस्करणको साफ च्याम्पियनसिप एक वर्ष ढिला गरी माल्दिभ्स र श्रीलंकामा संयुक्त रुपमा आयोजना भयो । च्याम्पियनसिप सन् २००८ को जुन ३ देखि १४ जुनसम्म आयोजना भयो । यो संस्करणले साफमा माल्दिभ्सलाई नयाँ च्याम्पियन पायो । समूह चरणमा भारतसँग बेहोरेको हारको बदला माल्दिभ्सले फाइनलमा उठायो । माल्दिभ्स समूह चरणमा १–० ले पराजित हुदा फाइनलमा १–० कै जित निकाल्न सफल भएको थियो ।
त्यो संस्करणमा पनि नेपालको प्रदर्शन अपेक्षाकृत भएन । नेपाल फेरि समुह चरण पार गर्न असमर्थ रह्यो । समूह ‘ए’ मा रहेको नेपालले आफ्नो पहिलो खेल भारतलाई ४–० ले सुम्पिदा माल्दिभ्ससँग ४–१ ले पराजित हुन पुग्यो । यो खेलमा विसन गौचनले गोल गर्न सफल भएका थिए ।
प्रतिष्ठाको लागि रहेको समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानमाथि ४–१ को सान्त्वना जित निकाल्न सफल भएको थियो । योृ खेलमा जुमानु राईले २ तथा राजु तामाङ र निराजन रायमाझीले समान एक गोल गर्न सफल भएका थिए । यस प्रतियोगितामा अफगानिस्तानका हारेज हाविव चार गोलसहित सर्वाधिक गोलकर्ता भए ।
आठौ साफ च्याम्पयनसिप : फेरि पनि समूह चरणबाटै बाहिर
आठौं साफ च्याम्पियनसिप एकवर्ष पछि नै बंगलादेशमा सन् २००९ डिसेम्बर ४ देखि १३सम्म आयोजना भयो । अघिल्लो संस्करणमा फाइनल खेलेका भारत र माल्दिभ्स यो संस्करणमा पनि फाइनलमा पुग्न सफल भयो । तर, यसपटक भारत च्याम्पियन बन्न सफल भयो । भारतले पेनाल्टी सुटआउटमा जित निकाल्दै समग्रमा पाचौपटक साफ च्याम्पियन बन्न सफल भएको थियो ।
अघिल्ला संस्करणहरुमा जस्तै यो संस्करणमा पनि नेपालले समूह चरण पार गर्न सकेन । समूह चरणको पहिलो खेलमा उपाधिको दावेदार मानिएको माल्दिभ्सलाई १–१ गोलको बराबरीमा रोक्दा जुमानु राईले गोल गरेका थिए । दोस्रो खेलमा भने नेपाल अर्को दावेदार भारतसँग १–० ले पराजित हुन पुगेको थियो । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई ३–० ले पराजित गरेपनि नेपाल माल्दिभ्स र भारतभन्दा पछि रह्यो ।
नेपालका लागि अनिल गुरुङले २ तथा विजय गुरुङले एक गोल गरेका थिए । यसै संस्करण देखि अनिल गुरुङ नेपाली राष्ट्रिय टिमको दृश्यमा आएका थिए । यो संस्करणमा बंगलादेशका इनामुल हाक्यु, श्रीलंकाका चन्ना इडिरी बन्डालागे र माल्दिभ्सका अहमेद थरिक ४ गोलसहित सर्वाधिक गोलकर्ता बनेका थिए ।
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]