6 years ago
September 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपमा नेपालले समूह चरण पार गर्नेमा नेपाली फुटबल टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन विश्वस्त छन् । लामो तयारी, अनुभवी र युवा खेलाडीको सन्तुलनमा रहेको टोलीको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु रहेको महर्जनले बताएका छन् । डिस होम एक्सन स्पोर्टसको फेयर प्लेमा कुरा गर्दै महर्जनले भने, ‘प्रतिद्वन्द्वि जो सुकै होस्, हामी सेमिफाइनल पुग्न सक्षम छौं ।’
सोमबार बंगलादेश पुग्ने नेपाली टोलीले बुधबार पाकिस्तानसँग खेल्दै साफ च्याम्पियनसिपको यात्रा सुरु गर्नेछ । भदौं २१ गते भुटान र समूह चरणको अन्तिम खेलमा भदौ २३ गते बंगलादेशको सामना गर्नेछ । इन्डोनेसियामा जारी १८ औं एसियाडमा नेपाली यू २३ टोली पाकिस्तानको यू २३ सँग २–१ को पराजित भएकोले त्यसको प्रभाव अबको खेलमा पर्दैन भन्ने प्रश्नमा महर्जनको जवाफ थियो, ‘त्यो र अब हुने खेलाडीमा खेलाडी परिवर्तन हुन्छ । तर, हामी त्यो नतिजाबाट निराश होइन पाठ सिक्ने गरि खेल्नेछौं ।’
एसियाडमा पाकिस्तानसँग पराजित हुनुअघि नेपाली युवा टोली जापानसँग १–० र भियतनामसँग २–० ले पराजित भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियाड र साफका लागि भन्दै झन्डै ४ महिना अघि बाट प्रशिक्षण सुर गरेको थियो । त्यति बेला टोलीको मुख्य प्रशिक्षिकमा जापानी प्रशिक्षक ग्यातुको कोजी थिए । कोजीको प्रशिक्षण टोलीमा महर्जन पनि थिए । तर, भिसा समस्याका कारण कोजी नेपाल फर्केनन् ।
त्यसपछि एन्फाले महर्जनलाई नै टोलीको कार्यवहाक प्रशिक्षक नियुक्त गरेको थियो । उनको प्रशिक्षण टोलीमा किरण श्रेष्ठ र नविन महर्जन (गोलकिपर प्रशिक्षक) छन् । यो मौका लागि महर्जनले अवसर र चुनौती दुवै हिसाबमा लिएको बताएका छन् । पछिल्लो १० दिनको टोलीमा मनोबल उच्च रहेको दाबी गर्दै महर्जनले भने, ‘अहिले खेलाडीहरुको मनोबल अर्को स्तरमा पुगेको छ । सबै साफ च्याम्पियनसिपलाई लिएर उत्साहित छन् । जिपिएस ट्रयाकरले पनि यसपटक प्रशिक्षणमा मद्दत गरेको छ । खेलाडी छनोटमा पनि त्यसले सहयोग गरेको छ । ‘
सुरुमा २३ र पछि २० खेलाडी मात्र टोलीमा राख्नु पर्दा छनोटमा केहि कठिनाई भएको उल्लेख गर्दै उनले भने, ‘तर, हामीले जति सक्दो टिमलार्ई आवश्यक खेलाडी छनोट गरेका छौं । ‘उनले एन्फाले प्रशिक्षक नियुक्त गर्दा विगतमा खेलको आधारमा नभै प्रशिक्षणको अध्ययन, अनुभव र सफलताका आधारमा छान्नु पर्ने बताएका छन् । महर्जनले २०७२ मा नेपाललाई यू १९ साफ च्याम्पियनसिप जिताएका थिए भने सोही वर्ष राष्ट्रिय टोलीलाइ बंगबन्धु गोल्ड कप जिताएका थिए ।
सन् १९९३ मा नेपालले बंगलादेशमा दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक जित्दा महर्जन टोलीका सदस्य थिए । नेपाली टोलीका पूर्व कप्तान समेत रहेका महर्जनले केहि वर्ष बंगलादेशमा व्यवासायिक फुटबल खेलेका थिए ।
महर्जनसँगको अन्तवार्ता एक्सन स्पोर्टसको फेयर प्लेमा शनिबार दिउँसो ३ः३० बजे प्रसारण हुने छ भने पुनः प्रसारण साँझ ८ः०० बजे हुन सक्नेछ ।
With the new Head Coach of Nepali National Football Team.
Posted by Action Sports on Thursday, August 30, 2018
February 27, 2025
हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]