default_image

6 years ago

September 1, 2018

एसिया कप छनोट – मलेसियाविरुद्ध नेपाल ब्याटिङ गर्दै

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र आयोजक मलेसियाबीच एसीसी एसिया कप छनोटअन्तर्गतको खेल सुरु भएको छ । नेपाली समय अनुसार शनिबार बिहान ७ः१५ बजेका लागि तय खेल वर्षाका कारण ढिला सुरु भएको थियो । मलेसियाले टस जितेर नेपाललाई ब्याटिङका लागि आमन्त्रण गरेको छ ।

फाइल तस्बिर

यो समाचार तयार पर्दा सम्म नेपालले २ विकेट गुमाएर ५२ रन बनाएको छ । खेल ५० बाट ३० ओभरमा घटाइएको छ । नेपालले ओपनर सुवास खकुरेल (९ रन) र ज्ञानेन्द्र मल्ल (११ रन)लाई गुमाइसकेको छ । अर्का ओपनर अनिल शाह र कप्तान पारस खड्का ब्याटिङ गरिरहेका छन् । एसिया कपका लागि एक टोली छनोट हुने प्रतियोगितामा नेपालले सुरुवाती दुई खेलमा पराजय भोगी सकेकाले आजको खेल महत्वपूर्ण रहेको छ ।

यस्तो अवस्थामा नेपालले एसिया कप खेल्ने सम्भावना जीवितै राख्न ‘गर या मर’ को अवस्थामा छ ।  प्रतियोगिताको फाइनल खेल्ने आशा जिवितै राख्न नेपालले बाँकी सबै तीन खेल जित्नुपर्ने दबाव छ ।  मलेसियाविरुद्ध नेपालको एकमात्र लक्ष्य निश्चित जित हुनेछ । आजको खेलमा पराजित भए नेपालको एसिया कपका लागि छनोट हुने सम्भावना लगभग सकिनेछ ।

अघिल्ला दुई खेलमा नेपालले ब्याटिङमा मध्यम प्रदर्शन गरेपनि बलिङ र फिल्डिङ सोचेजस्तो हुन सकेको छैन । ओपनिङमा समस्या नेपालको पुरानै रोग हो । तर, यसपटक ओपनिङमा केही सुधार भएपनि मध्यक्रममा कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेको छैन ।

मलेसियाविरुद्ध जित हात पार्न यि सबै पक्ष सुधार गर्नुपर्ने हुन्छ । यता, पहिलो खेलमै हङकङलाई स्तब्ध पारेको मलेसिया दोस्रो खेलमा ओमानसँग २ विकेटले पराजित भएको थियो । नेपालले अबको तीन खेलमा जित हात पारे ६ अंक हुनेछ । र छनोटको सम्भावना जीवितै हुनेछ । अबको कुनै एक खेल गुमाए नेपाल स्वत प्रतियोगिताबाट बाहिरिने छ ।

February 27, 2025

मेचीनगर गोल्डकप ८ टोलीको सहभागिता रहने

हिमाल खरेल, मेचीनगर पाँचौँ मेचीनगर गोल्डकपमा आठवटा सहभागी हुने भएका छन् । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा फागुन २४ गतेदेखि हुने प्रतियोगितामा भारतका दुईसहित मोफसलका र ए डिभिजनका गरि ८ टोली सहभागिता रहनेछ । प्रतियोगिता मुल व्यवस्थापन समितिका सदस्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाका अनुुसार प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, […]

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

Success

Thank you for your time.