default_image

6 years ago

August 30, 2018

रोनाल्डोको अभावलाई बेलले पुरा गर्ने गिग्सको विश्वास

67 views

0 Bookmark

कार्डिफ (एजेन्सी)– गेराथ बेलले रियल म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोको बर्हिघमनपछिको खाली ठाँउलाई पुरा गर्ने विश्वास वेल्सका प्रशिक्षक रायन गिग्सले लिएका छन् । रोनाल्डो रियल छोडेर युभेन्ट्स पुगेपछि उनको अभाव खड्कन अनुमान गरिएको थियो ।

गत सिजनको अन्त्यसम्म जिनेदिन जिदानको प्रशिक्षणमा कम अवसर पाएका कारण बेलले रियल छाड्न सक्ने अनुमान गरिएको थियो । तर, फ्रान्सेली जिदान र रोनाल्डोले नै क्लब छाडेपछि भने बेल रियलमै रहने सम्भावना बलियो बनेको छ । गिग्सको प्रशिक्षणमा बेल अर्को महिना केहि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तयारीमा छन् । गिग्स पाँच पटकका बालोन डि ओरलाई गुमाउनु रियलका लागि ठूलो क्षति भएको मान्छन् । तर, त्यो ठाँउ लिन बेलका लागि धेरै ठूलो विषय नभएको मान्छन् ।

‘रोनाल्डो जस्तो खेलाडीले छाडेपछि उनले जस्तो विपक्षीलाइ दबाब दिने र गोल गर्ने ठाँउ कसले लिन्छ भन्नेमा चासो स्वभाविक रुपमा हुन्छ नै’, गिग्सले भने, ‘उनको बर्हिमगनले ठूलो खाडल पर्न सक्छ । तर बेल अनुभवी छन् र उनी रियलसँग लामो समय रहन सक्छन् ।’

हरेक वर्ष दबाब बढ्दै जाने भएकाले त्यसलाई उत्कृष्ट ढंगले सम्हाल्नु पर्ने उल्लेख गर्दे म्यानचेस्टर युनाइटेडका पूर्व महान खेलाडीले थपे, ‘रोनाल्डोले छाडेका कारण यो वर्ष केहि फरक हुन सक्छ । अरु खेलाडीप्रति अझै बढि केन्द्रित हुनुपर्ने हुन्छ । कसले बढी गोल गर्दै उनलाई प्रतिस्थापन गर्छन् त्यो महत्वपूर्ण हुनेछ ।’

रोनाल्डोको विकल्पका रुपमा गिग्सले बेल प्रति विश्वास देखाएका छन् । गिग्सले भने,’ठूला खेलमा बेलले आफ्नो क्षमता प्रदर्शन गरेका छन् । उनी दबाबलाई ग्रहण गर्न सक्छन् । उनले सिजनको सुरुवात उत्कृष्ट ढंगले गरेका छन् ।’

चोट कारण बेल पटक पटक समस्यामा परेको स्मरण गर्दै गिग्सले भने, ‘पुनरागमन पछि उनले बढी खेल्न चाहेका छन् । जति बेला उनी खेलेका छन् । राम्रो खेलेका छन् र लगभग सबैमा गोल गरेका छन् । २८ वर्षको उमेरमा मेरो लागि के ठिक भन्ने मैले पनि बुझ्न थालेको थिए । खेलको तयारीका लागि कहिले कम अभ्यास गर्ने र कहिले बढी गर्ने हुन्थ्यो ।’

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

February 26, 2025

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]

February 25, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]

Success

Thank you for your time.