default_image

7 years ago

August 29, 2018

साफको अन्तिम तयारीमा जुट्दै नेपाली फुटबल टोली (फोटो फिचरसहित)

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १२औं संस्करणको दक्षिण एसियाली स्तरको साफ च्याम्पियनसिप आउन अब ५ दिन बाँकी छ ।  प्रतियोगिता आउन ५ दिन मात्रै बाँकी रहँदा नेपालले साफ च्याम्पियसिपको तयारीलाई तीब्रता दिएको छ ।

सेमिफाइनलभन्दा अघि बढ्न नसकेको नेपालले यसपटक फाइनल पुग्ने लक्ष्य बनाएको छ । नेपाली टिमले एक साताअघिबाट साफलाई लक्षित गर्दै बन्द प्रशिक्षण थालेको छ । टिमलाई कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन, प्रशिक्षक किरण श्रेष्ठ र नवीन महर्जनले प्रशिक्षण दिइरहेका छन् । एन्फाले सोमबार मात्रै साफ सुजुकी कपको लागि २० सदस्यीय टिमको घोषणा गरिसकेको छ । इन्डोनेसियामा रहेका मुख्य खेलाडी रोहित चन्द पनि टिमको प्रशिक्षणमा सामेल भैसकेका छन् ।

साफ च्याम्पियनसिप यही भदौ १९ देखि ३० सम्म बंगालादेशको ढाकामा हुँदैछ । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले १९ भदौमा पाकिस्तानसँग खेल्दै साफको शुरुवात गर्नेछ । २१ भदौंमा भुटान र २३ भदौंमा आयोजक बंगलादेशको सामना गर्नेछ ।

साफ सुजुकी कपमा नेपालको खेल तालिका

भदौ १९ गते मंगलबार नेपालविरुद्ध पाकिस्तान

भदौं २१ गते बिहिबार नेपालविरुद्ध भुटान

भदौं २३ गते शनिबार नेपालविरुद्ध बंगलादेश

हाम्रो खेलकुद डटकमका फोटो पत्रकार विवेक सुवेदीले नेपाली टिमको प्रशिक्षणका खिचेका केही तस्वीरहरुः

February 27, 2025

इलाममा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]

February 27, 2025

फराकिलो जितसँगै पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]

February 27, 2025

लिभरपुल र सिटीको जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]

Success

Thank you for your time.