default_image

9 years ago

February 22, 2016

नेपालले अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने होइन, खेल्न नपर्ने

116 views

0 Bookmark

दिपेश तिमल्सिना 

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीले आउने दुई बर्ष कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भन्ने विभिन्नअनलाईनको समाचारले सोमबार पाठकमाझ भ्रम सृजना गराएको छ । तर, त्यो समाचारमा कुनै सत्यता भने छैन । खासमा नेपालले दुई बर्ष प्रतियोगिता खेल्न नपाउने नभइ, नेपालको राष्ट्रिय टोलीले खेल्नु पर्ने कुनै पनि प्रतियोगिता अब लामो समय छैनन् ।

Gold

खेल्न नपाउने र खेल्ने प्रतियोगिता नभएको बीच अन्तर छ । सञ्चारमाध्यमका यस्ता ससाना कमजोरीले पाठकलाई भ्रम पारिरहेको हुन्छ । नेपालको सिनियर टोलीले खेल्ने आधिकारिक प्रतियोगिता जम्मा दुईवटा मात्र छन् । एउटा दक्षिण एसियाली राष्ट्रको सहभागिता रहने साफ च्याम्पियनसिप र अर्को विश्वकप÷एसियन कप छनोट प्रतियोगिता हो । साफ हरेक दुई बर्ष र विश्वकप÷एसियन कप हरेक चार बर्षमा आयोजना हुन्छ । त्यस हिसाबले नेपालले खेल्नुपर्ने प्रतियोगिताका बीच लामो समयको अन्तर हुनु स्वभाविक छ ।

सन् २०१८ विश्वकप र २०१९ को एसियन कप छनोटका लागि नेपालले गत बर्ष भारतसँग पहिलो चरणको प्रतिस्पर्धा गरेको थियो । गत बर्ष होम एन्ड अवे खेल्दा भारतसँग पराजित भएपनि नेपाल स्वतः विश्वकप र एसियनकप छनोटबाट बाहिरिसकेको छ । अब फेरी तीन बर्षअघि नेपालले विश्वकप÷एसियन कप खेल्नु पर्नेछैन । २०२० को ओलम्पिकको छनोटमा नेपालले भाग लिन सक्छ । तर, त्यो पनि राष्ट्रिय टोलीले नभइ यू २३ ले खेल्ने प्रतियोगिता हो । अर्को साफ च्याम्पियनसिप पनि नेपालले दुई महिनाअघि भारत गएर खेलेर फर्केको थियो । अबको संस्करण २०१७ को अन्त्यतिर बंगलादेशमा आयोजना हुनेछ । त्यसअघि नेपालले खेल्ने औपचारिक प्रतियोगिता छैनन् । यसबाहेक नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भने खेल्न सक्नेछ । तर, त्यो पनि नेपालले चाहेर मात्र खेल्न पाउने छैन । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) सँग पूर्व स्वीकृति लिनुपर्छ ।

‘अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नै तालिका हुन्छ । त्यो कुनै एउटा राष्ट्रको चाहनाले बन्ने होइन, अखिल नेपाल फुटबल संघ (एन्फा) का विकास निर्देशक सञ्जिव मिश्रले भने, दुई राष्टबीच हुने मैत्रीपूर्णका लागि त अन्तर्राष्ट्रिय क्यालेन्डर हेरेर त्यो सँग नजुध्ने गरि राख्नुपर्छ । प्रतियोगिता नभएपछि खेल्ने भन्ने प्रश्नै आउँदैन । नेपालले खेल्न नपाउने होइन, खेल्नु नपर्ने चाही हो । बंगलादेश फुटबल संघले अर्को बर्ष आयोजना गर्ने बंगबन्धु कपमा भने नेपालले खेल्ने सम्भावना छ । तर, अन्तराष्ट्रिय आमन्त्रणका नाममा २० बर्षअघि सुरु भएको बंगबन्धु कप नियमित रुपमा आयोजना भएको इतिहास छैन ।

सन् १९९६ बाट सुरु भएको बंगबन्धु कप २०१६ मा आइपुग्दा जम्मा ४ पटक मात्र आयोजना भएकाले पनि अर्को बर्ष पक्कै आयोजना हुन्छ भन्ने ग्यारेन्टी छैन । भारतमा आयोजना भएको साफ च्याम्पियनसिपको तयारीका सिलसिलामा नेपाल बंगलादेश पुगेका दौरान यो बर्ष नेपालले बंगबन्धु कप खेल्ने पक्का भएको थियो । साफ च्याम्पियनसिपमा लज्जास्पदक हार बेहोर्दै पहिलो चरणबाटै बाहिरिएको नेपालले भारतमै गत साता सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि भन्दै बंगबन्धु कपमा भाग लिएको थियो । चरम निराशाका बीच नेपाली राष्ट्रिय टोलीले बंगबन्धु कपमा भाग लिएको थियो ।

अन्ततः टोली बंगबन्धु कप जितेर फर्केको थियो । विजयी यात्रालाई निरन्तरता दिने क्रममा नेपालको यू २३ टोलीले १२ औं सागको फुटबलमा पनि स्वर्ण जितेको थियो । यू २३ ले खेल्ने साग अब २०१८ मा नेपालले आयोजना गर्ने जिम्मेवारी पाएको छ । तर, साग पछिल्लो पाँच संस्करण तोकिएको समयमा भएको छैन । गत साता मात्र नेपालले २३ बर्षयता सागमा पहिलो पटक स्वर्ण जितेका कारण नेपाली फुटबलमाथि समर्थकको भरोसा बढेको अनुभव गरिएको छ । यस्तो माहौलका बीच नेपालले अन्तराष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भन्ने भ्रमपूर्ण समाचारले ती समर्थकलाई पुनः निराश बनाउने काम गर्छ ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.