7 years ago
August 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीको नियमित सदस्य रहँदै आएका विंगर प्रकाश बुढाथोकीले भुटानमा व्यावसायिक फुटबल खेल्ने भएका छन् । उनले यसै सिजन बढुवा भएको पारो एफसीबाट खेल्ने भएका हुन् ।
केहि महिनाअघि मात्र पारो एफसी शीर्ष डिभिजनमा उक्लिएको थियो । पारोलाई शीर्ष डिभिजनमा पुर्याउँदा प्लेअफका दुई खेल खेल्न त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की र जितेन्द्र कार्की भुटान पुगेका थिए । खेलमा पारोले फराकिलो जित दर्ता गरेको थियो ।
प्रकाशले भुटानी क्लबसँग हालका लागि तीन महिनाको सम्झौता गरेका छन् । प्रकाशलाई भुटान लग्न प्रशिक्षक सुगन तन्डुकारले समन्वय गरेका थिए । यसअघि पनि आर्मीका खेलाडी पनि उनकै पहलमा भुटान लागेका थिए ।
प्रकाश पछिल्लो पटक राष्ट्रिय लिगमा थ्री स्टार क्लबसँग आबद्ध थिए । चोटका कारण करियरको अधिकांश समय मैदानबाहिर रहेका उनले दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण पदक जित्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले फाइनलमा फ्रिकिक मार्फत गोल गरेपछि नेपालको जितको आधार तय भएको थियो ।
प्रकाशसँगै नेपालको मोफसल फुटबलमा प्रभावशाली प्रदर्शन गर्दै आएका विदेशी डिफेन्डर फ्लोरेन्ट पनि भुटान लागेका छन् । दुवै खेलाडीले पारो एफसीबाट नै खेल्नेछन् ।
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]
February 27, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]