7 years ago
August 28, 2018
क्याटलान (एजेन्सी) – विश्व फुटबलका महँगा तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियर आफ्नो पूर्व क्लब बार्सिलोना फर्किएका छन् ।
नेयमार बार्सिलोनाबाट खेल्नका लागि नभई व्यापारिक इभेन्टको लागि अकस्मात बार्सिलोना पुगेका हुन् । यसक्रममा नेयमारले आफ्ना पूर्वसहकर्मी लुइस स्वारेज, इभान राकिटिक, जेरार्ड पिके, मार्क आन्द्रे टेर स्टेगन र राफिन्हासँग भेट गर्दै सामाजिक सन्जाल इन्स्टाग्राममा तस्वीर पोस्ट गरेका छन् ।
स्टेगनसँगको तस्वीरमा नेयमारले ‘तिमीहरु जस्तै मैले पनि मिस गरिरहको छु ।’ भनेर पोस्ट गरेका छन् ।
नेयमारको नसोचिएको बार्सिलोना भ्रमणले मिडफिल्डर इभान राकिटिकको पीएसजी यात्रा थप सहज भएको बताइएको छ । पीएसजीले राकिटिकलाई अनुबन्ध गर्न चाहिरहेको छ । पीएसजीले राकिटिकलाई ८१ मिलियन पाउन्डमा अनुबन्ध गर्ने प्रयास गरेको छ । स्पेन र फ्रान्समा अक्टोवर महिना भर ट्रान्सफर बजार खुल्ला रहनेछ ।
रियल भालाडोलिडमाथिको १–० को जित निकालेसँगै राकिटिकले बार्सिलोनाको जर्सीमा आफु खुशी रहेको र लामो समयसम्म बार्सिलोनामै रहने बताइसकेका छन् ।
सन् २०१३ मा ब्राजिलयिन क्लब सान्तोषबाट बार्सिलोना पुगेका २६ वर्षीय नेयमार एक वर्षअघि विश्व कीर्तिमानी २२२ मिलियन पाउन्डमा पिएसजी पुगेका थिए । फ्रेन्च लिग वानमा एन्जर्समाथि ३–१ को सहज जित निकाल्दा नेयमारले एक गोल गर्न सफल भएका थिए ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]