7 years ago
August 28, 2018
म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार रातीको खेलमा टोटेनहम हट्सपरले म्यानचेस्टर युनाइटेडलाई ३-० ले पराजित गरेको छ । खेलको सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
घरेलु मैदान ओल्ड ट्राफर्डमा म्यानचेस्टर युनाइटेडले पहिलो हाफ निकै राम्रो प्रदर्शन गरेको थियो । रोमेलु लुकाकुले पहिलो हाफमा सुवर्ण अवसर खेर फालेका थिए । गोलरक्षक समेत बिट भइसकेको अवस्थामा उनले खाली पोस्टमा गोल गर्न नसक्दा युनाइटेड अग्रता लिनबाट चुकेको थियो । प्रशिक्षक जोसे मोउरिन्होले एलेक्सिस सान्चेजलाई बेन्चमा राखेपछि युनाइटेड आक्रमणमा केहि फितलो देखिएको थियो ।
दोस्रो हाफको सुरुमै टोटेनहमले अग्रता लिन सफल भयो । काइरान ट्रीपिएरको कर्नरमा फरवार्ड ह्यारी केनले हेडरमार्फत गोल गर्दै पाहुना टोलीलाई अगाडी बढाए । त्यसको दुई मिनेटमै लुकास मोउराले गोल गर्दै स्पर्सको अग्रता दोब्बर पारे । खेलको अन्त्यतिर मोउराले व्यक्तिगत दोस्रो गोल गर्दै ३-० को जित पक्का गरे । खेल अवधिभर युनाइटेडको डिफेन्सले लगातार गल्ति गर्दा स्पर्सलाई खेलमा अगाडी बढ्न सहज भएको थियो ।
यस जितसँगै टोटेनहम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष ४ स्थानमा रहेका लिभरपुल, टोटेनहम, चेल्सी र वाटफर्ड सबैले लगातार तीन जित दर्ता गरेका छन् । युनाइटेड भने लगातार दोस्रो हारसँगै अंक तालिकामा उक्लन सकेन ।
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको ३ विभागीय टोलीसहित २ भारतीय र ३ मोफसलका क्लबसहित इलाममा महिला अन्तर्राष्ट्रिय गोल्डकपको दोस्रो संस्करण आयोजना हुने भएको छ । इलाम नगरपालिका-६ स्थित ठूलो टुडिखेलमा हुने प्रतियोगिता फागुन १७ देखि २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा महिला लिग विजेता एपिएफ फुटबल क्लबसँगै त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले […]
February 27, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधवार स्टेड ब्रियोचिनविरुद्ध ७-० को सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । जोआओ नेभेस, डिजायर डुए, सेनी मयुलु र ओस्माने डेम्बेलेको नाममा समान १ गोल रह्यो । खेलको […]
February 27, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बुधवार न्युक्यासल युनाइटेडलाई २-० हराएको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । ६३औं मिनेटमा एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुल २८ खेलमा ६७ अंक पुगेको […]