10 years ago
August 27, 2015
भाद्र १०, काठमाडौं , हाम्रोखेलकुद संबादाता
बिहिबार सेमिफाइनलको आफ्नो महत्वपुर्ण भिड्न्तमा अफगानिस्तानलाई ३–२ ले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरको छ । नेपालले उपाधिका लागि भारत संग प्रतिष्पर्धा गर्ने छ । भारतले पनि आफ्नो खेलमा बंगलादेशलाई पराजित गरेपछि यि दुई देश विच पहिलो यु–१९ साफ च्याम्पियनसिपको फाइनल भिडन्त हुन लागेको हो ।
प्रतिष्पर्धात्मक खेलको पहिलो हाफको ३४ औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले आकर्षक गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । निकै राम्रो प्रदर्शन गरेका विष्टले सुनिल बलको कर्नरलाई सटिक हेड गर्दै बललाई पोष्टको दिशा दिएका थिए । त्यसपछि नेपालले पहलिो हाफको ३९ औं मिनेटमा दोस्रो गोल गर्न सफल भयो । मिडफिल्डर विश्वास श्रेष्ठको प्रहारलाई अफगानि खेलाडि मोर्तजा रेजाहिले हेन्ड गरेपछि नेपालले पेनल्टीको मौका पाएको थियो जसलाई अञ्जन विष्टले सदुपयोग गर्दे टिमको अग्रता दोब्बर बनाए ।
नेपालका लागि दोस्रो हाफ भने निकै संघर्षपुर्ण रह्यो । अधिकासं समय दबाबमा खेलेको नेपलाी टिमले ५० औं मिनेटमानै आफ्नै पोष्टमा गोल गर्न पुगेपछि थप दबाब झेल्न पुग्यो । अफगानि फरवार्डले दबाब बढाएको बललाई ब्याग पास गर्न खोज्दा अन्नत तामाङले आफ्नै पोष्टमा गोल गर्न पुगेपछि नेपाल २–१ को अवस्थामा पुग्यो । यद्धपि नेपालले त्यसको २ मिनेट नवित्दै अग्रता पुन २ गोलले बढाउन सफल भयो । सुनिल बलले डिबक्स भन्दा केहि बाहिर पाएको फ्रि–कीकलाई शान्दार प्रहार गर्दै सुन्दर गोलमा परिणत गरेपछि नेपाल ३–१ को अवस्थामा पुग्यो ।
नेपाल ३–१ को अवस्थामा मैदानमा रहेपनि अफगानिस्तानविरुद्ध पुर्ण दबाबमा रह्यो । अफगानिस्तानले नेपाल विरुद्ध गोल गर्न निकै संघर्ष गरेपनि उसका उत्कृष्ट प्रहारहरुलाई नेपाली गोलरक्षक सोजित गुरुङले उत्कृष्ट बचाउ गरेपछि संभावित गोलका मौकाहरु टरेका थिए । यद्धपि ७२ औं मिनेटमा अफगानिस्तानले दोस्रो गोल संभव बनायो । उसका मेदी रेजायीले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे यद्धपि उनको प्रयास सार्थक हुन सकेन् । त्यसपछि पनि नेपाल विरुद्ध दबाब बढाएपनि अफगानिस्तान गोल गर्न असफल रह्यो र पहिलो यू–१९ साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा स्थान पक्का गर्न सफल भयो ।
खेलपछि नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले अत्याधिक गर्मिको मौसममा पनि खेलाडिले राम्रो प्रदर्शन गर्दै टिमलाई फाइनलमा पु¥याएको बताए । उनले भने ‘हामिले समुहचणमा भन्दा खेलमा सुधार गर्दै फाइनल यात्रा तय ग¥र्यौ अब फाइनलमा थप सुधार गर्दै मैदानमा आउछौं ।’ अफगानि प्रशिक्षक हायतुल्लाह लोगरवालले पहिलो गोल अपसाइड भएको भन्दै रेफ्रिको निर्णय सहि नभएको बताए । उनले आफ्ना खेलाडिले गरेका केहि राम्रा प्रहारहरुलाई नेपाली गोलरक्षकले उत्कृष्ट ढंगले बचाएको तथा नेपाल राम्रो टिम भएको प्रतिकृया दिए ।
विहिबारनै भएको अर्को सेमिफाइनलमा भारतले बंगलादेशलाई सडन डेथमा ४–३ गोल अन्तरले पराजित गर्दै नेपाल विरुद्धको भेट पक्का ग¥यो । भारत भन्दा निकै राम्रो लयमा रहेको बंगलादेशले गोलका केहि सुन्दर मौकाहरु खेर फाल्यो ।
पहिलो तथा दोस्रो हाफको अधिकासं समय दुबै टिमले गोल गर्ने मौकाहरु सिर्जना गरेपनि गोल गर्न असफल भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिएको थियो । यद्धपि ट्राइबेकरमा ३–३ गोल भएपछि सडन डेथमा भारतका डेनियलले गोल गर्दै टिमलाई ४ गोलको अवस्थामा पु¥याए । महत्वपुर्ण पेनल्टी प्रहारका लागि मैदानमा आएका बंगलादेशि रहमत मियाले बललाई जाली चुमाउन नसकेपछि भारत सडन डेथमा विजयी भयो ।
खेलपछि भारतीय प्रशिक्षक सेइद सविर पसाले राम्रो खेलका बाबजुत गोल निस्कीन नसक्दा खेल धर्मर अवस्थामा पुगेको तर सडन डेथमा जित आत्मासाथ गर्दे फाइनल यात्रा तय गर्नु सुखद भएको बताए । उनले नेपाल विरुद्धको प्रर्दशन निकै कठिन हुने भन्दै सोहि अनुसारको रणनीतीमा आफुहरु मैदान उत्रने बताए ।
बंगलादेशका प्रशिक्षक अक्मसाइफुल बारी टीटुले राम्रो प्रदर्शन गर्ने टिम फाइनलमा पुग्ने भन्दै राम्रो प्रयासका बाबजुत पेनल्टी सुटआउटमा भएको गल्तीले पराजित हुनु परको बताए । नेपालका समर्थकले बंगलादेशको सपोर्ट गरेपनि जित निकाल्न नसकेको बताए ।
April 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो जित निकालेको छ। तनावपूर्ण खेलमा आज ललितपुरले पोखरा थन्डर्सलाई ३-२ ले हरायो। पोखराको यो लगातार दोस्रो हार हो। दशरथ रंगशालामा भएको खेलमा ललितपरले ११ औं मिनेटमा नै अग्रता बनायो। विदेशी खेलाडी जोनाथन इडवार्डोको कर्लिङ कर्नर प्रहार पोखराका गोलकिपर गिलामो […]
April 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबीचको खेल जारी छ। पहिलो हाफको समाप्तीमा ललितपुरले २-१ को अग्रता बनाएको छ। दशरथ रंगशालामा भएको खेलमा साविक विजेता ललितपरले ११औं मिनेटमा अग्रता बनायो। विदेशी खेलाडी जोनाथन इडवार्डोको कर्लिङ कर्नर प्रहार पोखराका गोल किपर गिलामो प्रिसोलाई डिफलेक्ट हुँदै […]
April 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बि डिभिजन लिग अन्तर्गत बुधबार प्लानिङ ब्वाइज युनाइटेड र वीरगन्ज युनाइटेडले जित दर्ता गरेका छन् । प्लानिङ ब्वाइजले लिगमा लगातार चौथो जित निकाल्ने क्रममा ब्वाइज युनियन क्लबलाई २-१ ले हराएको हो । खेलको १२ औं मिनेटमा प्लानिङ ब्वाइजले पहिले अग्रता बनायो । पुजन थापाको पासमा प्रताप सिंहले बक्स बाहिरबाट […]