6 years ago
August 27, 2018
काठमाडौं (हामो खेलकुद) – नियमित रुपमा राष्ट्रिय टोलीमा स्थान बनाउदै आएको फरवार्ड जर्जप्रिन्स कार्की साफ च्याम्पियनसिपका लागि घोषित राष्ट्रिय टोलीमा परेका छैनन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ च्याम्पियनसिपको लागि २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गर्दा प्रिन्स त्यसमा समावेश भएनन् ।
गतवर्ष राष्ट्रिय टोलीबाट डेब्यु गरेका प्रिन्स त्यसयता निरन्तर राष्ट्रिय टोलीको सदस्य रहँदै आएका थिए । त्रिभुवन आर्मी क्लबका प्रिन्सले राष्ट्रिय टोलीका लागि गोल नगरेपनि राम्रो छाप बसाएका थिए । आर्मीबाट घरेलु फुटबलमा प्रभावशाली प्रदर्शन गरेका कारण प्रिन्स राष्ट्रिय टोलीमा अटाएका थिए । राष्ट्रिय टोलीको थाइल्याण्ड भ्रमणमा समेत रहेका प्रिन्स अन्तिम नामावलीमा भने पर्न सकेनन् ।
साफ च्याम्पियनसिप बंगलादेशमा हुदैछ । नेपाल रहेको समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै पाकिस्तान र भुटान रहेका छन् । नेपालले पाकिस्तानसँग खेल्दै साफको शुरुवात गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल १९ भदौमा बंगबन्धु स्टेडियममा हुनेछ । त्यसपछि नेपालले २१ भदौमा भुटानको तथा २३ भदौमा आयोजक बंगलादेशको सामना गर्नेछ । नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
नेपाली राष्ट्रिय टोली
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, एलेन न्यौपाने
रक्षक : दीनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन (कप्तान), अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल
मिडफिल्ड : हेमन्त थापामगर, हेमन गुरुङ, विशाल रार्ई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का
फरवार्ड : भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट
February 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]
February 7, 2025
हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]
February 7, 2025
पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]