7 years ago
August 27, 2018
जिरोना (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिडले ला लिगामा फुटबलमा शानदार जित निकालेको छ । ला लिगा अन्र्तगत आइतबार राति भएको खेलमा रियलले जिरोनामाथि ४–१ को शानदार जित निकालेको हो ।
जिरोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र सर्जियो रामोसले समान एक गोल गरे । जिरोनाका बोर्जा गार्सियाले एक गोल फर्काए । रियलले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । १६औं मिनेटमा बोर्जाले गोल गरेपछि रियल खेलमा पछि परेको थियो । रियलका डिफेन्डरले फल अपिल गरिरहँदा लोजानको प्रहारलाई गोलरक्षकले बचाएपनि अर्काे प्रयासमा बोर्जा गोल गर्न सफल भएको हो । एक गोलले पछि परेपछि रियल खेलमा थप आक्रमक बन्दै पहिलो हाफमा पेनाल्टीमार्फत बराबरी गोल गर्न सफल भयो । ३९औं मिनेटमा डि–बक्समा मार्काे एसेन्सियोलाई मुनिइसाले लडाएपछि रियलले पेनाल्टीको मौका पाएको थियो । जसमा कप्तान सर्जियो रामोस चुकेनन् ।
५२औं मिनेटमा फेरि एसेन्सियोलाई डि–बक्सभित्र पल गरेपछि रियलले अर्काे पेनाल्टी पायो । यसपटक करिम बेन्जेमाले सहज गोल गर्न सफल भए । ५९औं मिनेटमा ग्यारेथ बेलले इस्कोको पासलाई गोलमा परिणत गरेपछि रियलले खेलमा ३–१ को अग्रता बनाउन सफल भयो । त्यसअघि रियलका गोलरक्षक केलर नाभासले रियललाई बराबरी गोलबाट बचाएका थिए । ८०औं मिनेटमा करिम बेन्जेमाले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल गर्दै रियललाई ४–१ को आरामदायी अग्रता दिलाए । बेलको पासमा बेन्जेमाले गोल गर्न सफल भएका हुन् । त्यसपछि थप गोल निस्कन नसक्दा रियलले खेल ४–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
यो खेलमा पनि रियलले आफ्ना पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डोको कुनै अभाव हुन दिएन । रियलले यसअघि पहिलो खेलमा गेटाफेमाथि २–० को जित निकालेको थियो । ला लिगाकै अर्काे खेलमा सेभिल्ला र भिल्ला रियलले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
जितसँगै रियल दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । रियलले गोल अन्तरमा साविकको विजेता बार्सिलोनालाई पछि पारेको हो । जिरोना एक अंकसहित १६औं स्थानमा छ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]