default_image

7 years ago

August 26, 2018

न्यु क्यासलमाथि चेल्सीको संघर्षपूर्ण जित

69 views

0 Bookmark

न्यु क्यासल (एजेन्सी) – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । लिग अन्र्तगत आज भएको खेलमा चेल्सीले न्यु क्यासलमाथि २–१ को संघर्षपूर्ण जित निकालेको हो ।

न्यु क्यासलको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ७६औं मिनेटमा पेनाल्टीमार्फत खेलमा अग्रता बनाएको थियो । इडेन हाजार्डको पेनाल्टी गोलमा चेल्सीले अग्रता लिएको थियो । तर, ८३ औं मिनेटमा जोसेलुले सुन्दर गोल गरेपछि खेल बराबरीतर्फ धकेलिएको थियो ।

खेल सकिन तीन मिनेट बाँकी रहँदा विलियनको फ्रिकिकमा ओलिभर जिरुले मार्काेस अलन्सोलाई दिएको बललाई क्लियर गर्ने क्रममा डि आन्द्र एडिनले आत्मघाती गोल गरेपछि चेल्सी खेलमा २–१ ले अघि बढेको थियो । त्यसपछि खेलमा थप गोल हुन नसक्दा चेल्सी २–१ ले  विजयी हुन सफल भयो ।

न्यु क्यासलमाथिको जितसँगै चेल्सीले प्रिमियर लिगमा लगातार तेस्रो जित निकाल्न सफल भएको छ । चेल्सी तीन खेलबाट ९ अंकसहित दोस्रो स्थानमा छ । समान अंक भएपनि लिभरपुल गोल अन्तरमा अघि छ । न्यु क्याुसलको भने यो दोस्रो हार हो । एक खेल भने न्यु क्यासलले बराबरी खेलेको थियो ।

 

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.