7 years ago
August 26, 2018
जोस जोरिल्ला (एजेन्सी) – स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले कठिन जित निकालेको छ । बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकालेको हो ।
भालाडोलिडको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेलेले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५७औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए ।
लुइस स्वारेजले गोल गरेपनि रेफ्रीले उनको गोललाई मान्यता दिएन । बार्सिलोनाका केही सुन्दर मौकाहरु भालाडोलिडका गोलरक्षकले बचाएको थियो । यता भालाडोलिडले पनि गोल गर्ने केही सुन्दर मौकाहरु खेर फालेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना १–० ले विजयी हुन सफल भयो । बार्सिलोनाको यो लगातार दोस्रो जित हो । जितसँगै बार्सिलोना ६ अंकसहति शीर्ष स्थानमा रहेको छ ।
यस्तै शनिबार राति नै भएको खेलमा एट्लेटिका मड्रिडे रायभालेकानोमाथि १–० को जित निकाल्यो । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजम्यानले गोल गरे ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]