6 years ago
August 26, 2018
एनफिल्ड (एजेन्सी) – स्टार खेलाडी मोहम्मद सलाहको एकमात्र गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ आल्बियोनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
एनफिल्डमा खेलको २३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । अन्ततः सलाहको त्यही गोल नै लिभरपुलको जितमा पर्याव्त बन्यो ।
जितसँगै लिभरपुल ३ खेलबाट ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । म्यानचेस्टर सिटी समान ३ खेलबाट ७ अंकसहति दोस्रो स्थानमा छ । लिभरपुलसँग पराजित ब्राइटनको ३ खेलबाट ३ अंकसहित १२औं स्थानमा छ ।
February 22, 2025
एजेन्सी – पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी प्रो लिगमा अल इत्तिफाकसँग पराजित भएको छ । नासर शुक्रवार इत्तिफाकसँग ३-२ ले पराजित भयो । अल अवाल पार्क रियादमा भएको खेलमा नासरले २ पटकको अग्रता जोगाउन सकेन। इत्तिफाकको जितमा जर्जिनियो विज्नाल्डमले २ गोल गर्दा १ गोल नासरले उपहार स्वरुप दियो । नासरका […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ। क्याटगरी ‘ए’ र ‘बी’ को मात्र अक्सन हुनेछ। अक्सनमा क्याटगरी ‘ए’ मा १५ जना र क्याटगरी ‘बी’ मा ४५ गरी कुल ६० खेलाडी मात्र अक्सनमा राखिएका छन् ।त्यसमा एनएसएलका ७ टोलीले बोली लगाउनेछन्। क्याटगरी ‘ए’ का खेलाडीको बेस प्राइस २ […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]