default_image

7 years ago

August 25, 2018

प्रिमियर लिगमा आर्सनलको पहिलो जित

88 views

0 Bookmark

इमिरेट्स (लन्डन) – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पहिलो जित निकालेको छ । प्रिमियर लिग अन्र्तगतको तेस्रो राउन्डको खेलमा आर्सनलले वेस्टह्याम युनाइटेडलाई ३–१ ले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन नाचो मोनरेल र ड्यानी वेलब्याकले गोल गरे । एक गोल उपहार पाएको थियो । वेस्टह्यामका मार्काे अर्नाेटोभिकले एक गोल फर्काए ।

आर्सनलले खेलमा पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । २५औं मिनेटमा मार्काेको गोलबाट आर्सनल खेलमा पछि परेको थियो । तर, ३०औं मिनेटमा नाचो मोनरेलले बराबरी गोल फर्काएपछि आर्सनल खेलमा फर्किएको थियो । एलेक्स इओवीको पासमा नाचोले खाली पोस्टमा गोल गरेको थियो ।

खेलमा वेस्टह्यामलाई दवावमा राखेपनि आर्सनलले अर्काे गोलको लागि ७०औं मिनेट कुर्नुपरेको थियो । इसा डिओपको आत्मघाती गोलबाट आर्सनल २–१ ले अघि बढेको थियो । लाकाजेट्टीको क्रस पासलाई क्लियर गर्न खोज्दा इसाले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । इन्जुरी समयको थपिएको दोस्रो मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै आर्सनलाई ३–१ को जित दिलाए ।

आर्सनल यसअघि म्यानचेस्टर सिटीसँग २–० र चेल्सीसँग ३–२ ले पराजित भएको थियो । यो जितले नयाँ प्रशिक्षक युनाई इम्रीलाई राहत मिलेको छ । लगातारको दुई हारले इम्रीमाथि दवाव बढेको थियो ।

प्रिमियर लिगका अन्य खेलका नतिजाहरु

१.बोर्नामाउथविरुद्ध एभर्टन (२–२)

२.हडर्सफिल्ड टाउनविरुद्ध कार्डिफसिटी (०–०)

३.साउथह्याम्पटनविरुद्ध लेस्टर सिटी (१–)

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.