default_image

7 years ago

August 25, 2018

प्रिमियर लिगमा सिटी रोकियो

56 views

0 Bookmark

वल्भरह्याम्प्टन (एजेन्सी)– साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शनिबार नव प्रवेशी क्लब वल्भरह्याम्प्टन वन्डरर्ससँग बराबरी खेलेको छ । वल्भरह्याम्पटनको मैदानमा सिटीले १–१ को बराबरी खेलेको हो । घरेलु मैदानमा लिएको अग्रता जोगाउन नसक्दा वल्भरह्याम्प्टनले जितको अवसर खेर फालेको थियो ।

५७ औ मिनेटमा विली बोलीको गोलबाट वल्भरह्याम्प्टनले अग्रता लिएको थियो । तर, ६९ औ मिनेटमा एमेरिक लापोर्टीको गोलबाट सिटीले खेलमा बराबरी गरेको थियो ।सुरुवातबाटै खेलमा नियन्त्रण राख्नका वावजुद सिटीले अग्रता भने बनाउन सकेन । सिजनका पहिला दुर्ई खेलमा जित हासिल गरेको सिटीले तेस्रो खेलमा भने संघर्ष गर्नुपरेको थियो ।

पहिलो खेलमा आर्सनललाई २–० ले हराएको सिटीले अर्को खेलमा हन्र्डर्सफिल्डलाई ६–१ फराकिलो अन्तरले पराजित गरेको थियो । बराबरीपछि सिटीको ३ खेलबाट ७ अंक पुगेको छ । वल्भरको समान तीन खेलबाट दुई अंक पुगेको छ ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.