7 years ago
August 25, 2018
लन्डन (एजेन्सी)- विश्वकप विजेता फ्रान्सेली राष्ट्रिय टोली तथा इंग्लिस क्लब टोटेनहम हट्स्परका कप्तान ह्युगोलोरिसलाई पश्चिम लन्डन पुलिसले मादक पदार्थ सेवन (मापसे) गर्दै गाडी चढेको आरोपमा कारवाही गर्ने भएको छ । ३१ वर्षीय गोलरक्षक लोरिसलाई शुक्रबारको शुरुवाती समयमा नै ग्लसेुस्टर प्यालेसमा नियमित गस्तीले रोकेको थियो ।
उनले गाडी चलाउने बेलामा परिक्षण गर्दा मादक पदार्थ सेवन गरेका भेटिए पछि पुलिसले कारवाही गरेको थियो । उनकै कप्तानीमा फ्रान्सले दोस्रो पटक विश्वकप जितेको थियो । रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै उनले फ्रान्सलाइै दोस्रो पटक विश्वकप उपाधि दिलाउन मद्दत गरेका थिए । सहरको पुलिस विभागका अनुसार लोरिसलाई जमानतमा रिह गरिएको छ ।
उनले अब ११ सेप्टेम्बरमा वेस्टमिस्टर मजिस्ट्रेट्स कोर्टमा उपस्थित हुनुपर्ने आदेश जारी भएको छ । लोरिस सन् २०१२ मा लियोनबाट स्पर्स भित्रिएका थिए । प्रिमियर लिग कलबमा उनले २५६ खेल खेलेका छन् । टोटेनहमले प्रिमियर लिगको सुरुआती दुई खेलमा जित हात पारेको छ । पहिलो खेलमा न्युकासलविरुद्ध २-१ को जित दर्ता गरेको टोटेनहमले दोस्रो खेलमा फुल्हामलाई ३–१ ले पराजित गरेको थियो ।
February 22, 2025
एजेन्सी – पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी प्रो लिगमा अल इत्तिफाकसँग पराजित भएको छ । नासर शुक्रवार इत्तिफाकसँग ३-२ ले पराजित भयो । अल अवाल पार्क रियादमा भएको खेलमा नासरले २ पटकको अग्रता जोगाउन सकेन। इत्तिफाकको जितमा जर्जिनियो विज्नाल्डमले २ गोल गर्दा १ गोल नासरले उपहार स्वरुप दियो । नासरका […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ। क्याटगरी ‘ए’ र ‘बी’ को मात्र अक्सन हुनेछ। अक्सनमा क्याटगरी ‘ए’ मा १५ जना र क्याटगरी ‘बी’ मा ४५ गरी कुल ६० खेलाडी मात्र अक्सनमा राखिएका छन् ।त्यसमा एनएसएलका ७ टोलीले बोली लगाउनेछन्। क्याटगरी ‘ए’ का खेलाडीको बेस प्राइस २ […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]