9 years ago
February 21, 2016
– सुबास हुमागाईं
राष्ट्रिय टोलीले साफमा गरेको प्रदर्शनदेखि सागसम्मको प्रदर्शनसम्म आउँदा विभिन्न खेलाडीका नाम अगाडी आए तर एक खेलाडीको नाम लगातार राम्रो प्रदर्शनका बावजुद कहिल्यै माथि आएन|
शरिरमा मेरुदण्डको काम अन्य अंग भन्दा कमै देखिएला तर हरदम मेरुदण्डले आफ्नो काम गरि नै रहेको हुन्छ| यदि मेरुदण्ड नहुने हो भने मान्छे को स्थिति कस्तो हुन्छ त्यसको विश्लेणण गरिरहनु नपर्ला| फुटबलमा पनि डिफेन्सिभ मिडफिल्डलाई मेरुदण्डको रुपमा लिइदैं आएको पाइन्छ|
रक्षात्मक मिडफिल्डमा खेल्ने विक्रम लामाको भुमिका क्लब र राष्ट्रिय टोलीमा सधैं उस्तै रहन्छ| बल नहुँदा डिफेन्डरलाई सहयोग र बल हुँदा मिडफिल्डलाई स्थिरता र फरवार्डलाई सहयोग गर्नुपर्ने पोजिसन विश्व फुटबलमै अवमुल्यन हुँदै आएको पाइन्छ| स्पेनको २०१० विश्वकप दौरानमा सर्जियो बुस्केट्सको भुमिका होस् या २०१४मा टोनी क्रुस, जाभिएर मास्सेरानो, लगाएतका खेलाडी होस्, खेलको रुप बदल्ने क्षमता भएको यस पोजिसनका खेलाडीहरु प्राय छायाँमै रहन्छन्|
भारतको त्रिवेन्द्रममा भएको साफ च्याम्पिएमा नेपालको प्रदर्शन राम्रो हुन सकेन| पहिलो खेलमा नेपालले श्रीलंका संग राम्रो खेल प्रदर्शनका बावजुद पनि मौकाको फाइदा उठाउन नसक्दा अन्तिम समयमा गोल खाँदै हार व्यहोर्नुपर्यो| तर सो खेलमा विक्रमलाई दोश्रो हाफक केहि मिनेटमा नै परिवर्तन गरियो र पछि अनिल गुरुङ्गको ठाउँमा पसेका नवयुगले कमै सहयोग पाए| भारतविरुद्धको खेलमा त झन् विक्रम बेन्चमै सिमित भए| नेपालले भारतलाई २०१३ को साफमा हराउँदा पनि बेन्चबाट आएर असिस्ट गरेका विक्रमलाई नखेलाउनु घातक सावित भयो र नेपाल ४-१ले पराजित हुन पुग्यो| सो खेलमा नेपालको मिडिफिल्ड शुन्य प्राय नै रह्यो र अग्रता लिनका बावजुद पनि नेपालले काउन्टर अट्याकमा घुँडा टेक्यो|
साफपछि नेपाली टोली बंगलादेशतिर लाग्यो| बंगबन्धु कपमा नेपालको सेमिफाइनल खेलमा नवयुग श्रेष्ठले ह्याट्रिक गरे, ४-०को सहज जित हात पार्दा नेपालले उत्कृष्ट खेल पस्कियो| सो क्रममा नवयुगको दुई गोलमा विक्रमकै असिस्ट थियो र खेलभर उनको प्रदर्शनमा कुनै कमजोरी देखिएन| प्रतियोगिता अवधिभर विक्रमको प्रदर्शन उत्कृष्ट रह्यो तर कतैबाट पनि उनको नाम सुनिएन|
हुन त विक्रम आफैंले पनि गोल गर्ने मौका नपाएका हैनन्, तर डिप मिडफिल्डबाट माथि सम्म आएर गोलको मौका कमै पाइने र उक्त मौकाको फाइदा उठाउन भने उनले सकेका छैनन्|साग खेलकुदको सेमिफाइनलमा नेपाल १० खेलाडी सहित ३-२ले पछाडि रहेको अवस्था थियो| यस्तो अवस्थामा नेपाललाई गोल गर्नु बाहेकको विकल्प थिएन| सोहि समयमा प्रशिक्षकले कप्तान विराजको ठाउँमा रञ्जन विष्टलाई भित्र्याए र कप्तानको जिम्मेवारी विक्रमले वहन गर्नुपर्ने भयो| सो अवस्थामा विक्रमले केहि निर्णयहरु लिए जसको कारण टोलीले अन्तिम समयमा दुई गोल गर्दै इतिहास रच्न सफल रह्यो| अन्तिम गोलमा त विक्रमले आफैंले उपयोग गर्न सक्ने मौका पनि नवयुगलाई दिए र नेपाललाई नवयुगको ह्याट्रिक सहितको फाइनलसम्म पुर्याए|
यी त केहि महत्वपुर्ण क्षणहरु भए, अन्य कैएन यस्ता क्षणहरु आए र गए तर विक्रम कहिल्यै पनि डगमगाएनन् र खेलमा डटेर लागिरहे| मैदानभित्र त एक कुशल खेलाडी छन् नै, मैदानबाहिर पनि विक्रमले छुट्टै पहिचान बनाएका छन्| सबैसंग मिलनसार लामा विशेषगरी युवा खेलाडीहरुसंगै भेटिन्छन्| भविष्यका कर्णधारहरुको मनोबल उच्च बनाउन देखि उनिहरुलाई प्रोत्साहन गर्न उनले कुनै कसर छाडेका छैनन्| राष्ट्रिय टोलीका प्रशिक्षक हुन् या क्लबका पदाधिकारी सबैको आखाँमा विक्रम एक जेन्टलम्यान रहेका छन्|
त्यसो त थ्रि स्टारको राष्ट्रिय लिगको सफलतामा पनि विक्रमको भुमिका महत्वपुर्ण रह्यो, तर सधैंजसो उनको भुमिकामा कमैको आँखा पुग्यो| विक्रम मात्र नभएर अन्य यस्ता धेरै खेलाडी छन् जो टोलीमा नहुँदा खेलमा प्रत्यक्ष असर पर्छ तर खेलपश्चात त्यति पहिचान भने पाइरहेका हुन्नन|
खेलाडीहरुले राष्ट्र र क्लबको सफलताका सागि आफ्नो ज्यान बाजी राखेर खेल खेल्छन्, हामी समर्थकहरुले पनि त्यसै अनुुरुप खेलाडीहरुको मिहिनेतलाई कदर गर्न सक्नुपर्छ| अन्यथा संघर्षपुर्ण खेलाडीको जिवनमा मिहिनेतको पनि कदर नहुने हो भने आउने पिढीका खेलाडिहरु निरुत्सहित हुन सक्छन्|
लेखक सुबास हुमागाईं अखिल नेपाल फुटबल संघमा वेबसाइट एडमिनका रुपमा कार्यरत छन्| उनलाई फेसबुक र ट्वीटर मा फलो गर्न सक्नुहुन्छ|
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]