default_image

7 years ago

August 23, 2018

बंगलादेश, नेपाली फुटबल र बालगोपालको भाग्य

73 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०१८ यहि भदौ १९ देखि बंगलादेशमा हुँदैछ । जापानी प्रशिक्षक ग्योतोकु कोजी भिसा समस्याका कारण नेपाल प्रवेश गर्न नपाउँडा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनले पाएका छन् ।

बालगोपाल र बंगलादेशको फुटबलमा निकै लामो सहयात्रा रहेको छ । सन् १९९३ मा नेपालले ढाकामा आयोजित दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा महर्जन टोलीका सदस्य थिए । त्यसपछि सन् २००० को दशकमा महर्जनले पटक पटक स्थानीय क्लब ब्रदर्स युनियनका लागि व्यवसायिक फुटबल खेले । उनलाई त्यहाँ त्यसबेलाको राम्रै रकममा अनुबन्ध गरिएको थियो ।

सन् २०१६ मा बालगोपाल महर्जन नै प्रशिक्षक हुँदा नेपालले बंगबन्धु गोल्डकप जितेको थियो । अहिलेजस्तै त्यसबेला पनि प्रशिक्षक र एन्फाको खिचातानी बढ्दा बालगोपालले टोलीको जिम्मेवारी पाएका थिए । उनले टोलीलाई अपराजित रहँदै उपाधि दिलाए । उनको प्रदर्शनले प्रभावित भएर ब्रदर्स युनियनले उनलाई क्लबको प्रशिक्षकमा पनि नियुक्त गरेको थियो ।

यसपटक पनि बालगोपाल अन्तिम समयमा प्रशिक्षक भएका छन् । अहिले टोलीमा सम्मिलित अधिकांश खेलाडी युवा अवस्थामा बालगोपालकै प्रशिक्षणमा हुर्किएका छन् । विगत तीन महिनादेखि राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रहँदै आएका बालगोपालले टोलीको कमजोर पक्ष पनि राम्ररी बुझेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ । त्यसपछि भुटान र आयोजक बंगलादेश नेपालसँग भिड्नेछन् ।

February 27, 2025

फराकिलो जितका साथ पिएसजी सेमिफाइनलमा

एजेन्सी – पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च कपमा बुधबार स्टेड ब्रियोचिनविरुद्ध सानदार जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । बिहीवार बिहान सम्पन्न खेलमा ब्रियोचिनलाई ७-० को फराकिलो अन्तरले पराजित गदै पिएसजीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । ब्रियोचिनको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली पिएसजीलाई जित दिलाउन गोन्सालो रामोसको ह्याट्रिक पूरा गरे । […]

February 27, 2025

लिभरपुलको सहज जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा सहज जित हात पारेको छ । बिहीवार भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध २-० को सहज जित दर्ता गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । […]

February 27, 2025

एन्ड्रिकको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]

Success

Thank you for your time.