default_image

9 years ago

February 19, 2016

विचार: फुटबल बाहेकका साग स्वर्ण विजेतालाई उचित स्वागत-सम्मान गर्न चुक्नु कसको कमजोरी?

107 views

0 Bookmark

दक्षिण एसियाली खेलकुदमा जम्मा तिन स्वर्ण जितेकोमा पुरुष फुटबल टोलीको स्वागत भव्य रह्यो| पुरुष फुटबलको तुलनामा अर्को स्वर्ण विजेता निमा घर्ति मगरको आगमनमा कसैले वास्ता दिएन भने अर्की स्वर्ण  विजेता फूपु आज नेपाल आउने कार्यक्रम छ|

NIma FOotball SAG GOld

फुटबलमा स्वर्ण जितेलगत्तै अखिल नेपाल फुटबल संघले विजयी खेलाडीहरुलाई नगर परिक्रमा गराउने कार्यक्रम तय गर्यो र त्यसको तयारीमा जुट्यो| सम्पूर्ण मिडियालाई परिक्रमाको अघिल्लो दिन नै रुट र समयको जानकारी गराइयो| खेलाडीहरुको नगर परिक्रमाका लागि भनेर नेपाल आर्मीले पांच ओटा खुल्ला छत भएका ट्रक सहयोग गरे भने सशस्त्र प्रहरी बलले ब्याण्ड बाजा टोलि पठायो| संघले पुरुष खेलाडीको मात्र नभई महिला खेलाडीको स्वागतमा पनि राम्रो ध्यान दियो| तर, मिडिया र जनताको चासो पुरुषले जितेको स्वर्णमा मात्र सिमित रहेकाले उक्त कार्यक्रम ओझेलमा पर्यो| एकैदिन दुवै टोलीको आगमन भएकाले पनि यस्तो वातावरण सिर्जना हुन पुगेको हुनसक्छ|

मिडियाको राम्रो कभरेज र संघको राम्रो तयारीले परिक्रमा कार्यक्रम भव्य भयो| राष्ट्रिय झन्डा सहित समर्थकहरु विमानस्थल देखि रंगशाला सम्म पुगे र त्यहाँ भएको बधाई तथा सम्मान कार्यक्रममा रमे| गायक प्रमोद खरेलको गायनमा नाच्ने देखि कप्तान र प्रशिक्षकको बोलीमा कराउदै साथ दिए समर्थकले|

तर उता उसु संघको भने कुनै पनि त्यस्तो कार्यक्रम थाहा भएन| न त टोलि आएको थाहा भयो, न त कुनै बधाई नै| अझ बिडम्बना, काकड़भित्ता आएलगत्तै पदक विजेता खेलाडीलाई छाडेर संघका पदाधिकारी र व्यवस्थापन टोलीका सदस्य सबै काठमाडौँ लागे| खेलाडीहरुले खाने र बस्ने सुबिधा नपाएको भन्दै पत्रकारहरुलाई पत्र समेत लेख्नु पर्यो|

खेलकुद परिषदले कुनै कदम नचालेको अवस्थामा संघलेनै आफ्नो खेलाडीलाई स्वागत गर्ने चलन रहीआएको र उक्त कार्यमा कुनै संघ तयार त कुनै अनभिज्ञ रहेकाले यस्तो अवस्था सृजना भएको आंकलन गर्न सकिन्छ|

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.