7 years ago
August 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १९ देखि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै जापानी प्रशिक्षक ग्योतोकु कोजी भिसा समस्याका कारण नेपाल आउन नसक्ने भएपछि जिम्मेवारी महर्जनलाई सुम्पने निर्णय गरेको हो । आज यसैबारे निर्णय लिन एन्फामा आपतकालीन बैठक पनि बसेको थियो । बैठकले असन् साफ च्याम्पियनसिपका लागि सहायक प्रशिक्षक रहँदै आएका महार्जनलाई कार्यवाहक चुन्ने निर्णय गरेको हो ।
इन्डोनेसियामा जारी फुटबलको समूह चरणबाटै बाहिरिएको यू २३ टोली सोमबार राती स्वदेश फर्कदा कोजी साथमा फर्केका थिएनन् आएनन् । नेपालको भिसा नभएका कारण उनी नआएका हुन् । इन्डोनेसिया जानुअघि नै उनको भिसा भएको अवधि भन्दा बढी नेपाल बसेका थिए । त्यसमा एन्फाले जरिवाना तिरेको थियो । कोजी इन्डोनेसियाबाट थाइल्यान्ड गएका हुन् ।
साफ च्याम्पियनसिपका लागि नेपाली टोलीले बुधबारबाट प्रशिक्षण थालिसकेको छ । एसियाडमा सबै तीन खेल गुमाउँदै नेपाली युवा टोली स्वदेश फर्केको थियो । इन्डोनेसिया जानुअघि टोलीले थाइल्यान्डमा दुई अभ्यास खेल खेलेको थियो । जसमा सिनियर टोलीका केही खेलाडी सामेल थियो । एन्फाले साफ च्याम्पियनसिपका लागि अन्तिम नामावली सार्वजनिक गर्न बाँकी रहेको छ ।
February 27, 2025
एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]