default_image

7 years ago

August 22, 2018

इन्टरले सम्झौता प्रयास नगरेको मोड्रीचको भनाइ

81 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – क्रोएसियन स्टार लुका मोड्रीकले इन्टर मिलानसँगको सम्झौता भएको हल्ला नकारेका छन् । क्रोएसियाका इभान पेरिसिच, भर्साल्को र मर्सेलो ब्रोजोभिच पहिले नै मिलानमा भएको अवस्थामा मोड्रीचले समेत रियल छाड्न सक्ने खबर बाहिरिएको थियो ।

केहि संचार माध्यमले बताए अनुसार मोड्रीचले फिफासँग आफु क्लब छाड्ने मनसायमा नरहेको बताएका छन् । रियल म्याड्रिडले समेत इन्टर मिलानले नियम बिपरित मोड्रीचसंगको सम्झौता गर्न लागेको भन्दै फिफामा उजुरी गरेको थियो । तर मोड्रीचले इन्स्टाग्राममा रिप्लाई गर्दै आफु रियल नछाड्ने बताएका छन् । उनले कमेन्टमा लेखेका छन्, “यो इतिहासकै सबैभन्दा बकवास कुरा हो ।”

क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स जानका लागि स्पेनिस क्लब छाडेपछि रियलका समर्थक मोड्रीचको पनि साथ गुम्ने भन्ने हल्लाले त्रसित रहेका थिए । मोड्रीच आफैंले सबै हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन् । उनले आफ्नो भविष्य रियलमै रहेको पनि बताएका छन् ।

February 27, 2025

एन्ड्रिकको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

Success

Thank you for your time.