7 years ago
August 21, 2018
पेरिस (एजेन्सी) – फिफा यु–२० महिला विश्वकप फुटबलको उपाधिका लागी एसियाली टोली जापान र युरोपियली टोली स्पेनबीच भिडन्त हुने भएको छ । फाइनल खेल फ्रान्सको स्टाडे डे ला रबिने मैदानमा बिहिबार साँझ हुनेछ ।
सेमीफाइनलमा इंग्ल्यान्डलाई २–० ले पराजित गर्दै जापानले फाइनलमा स्थान बनाएको थियो । जापानले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको २२ औं मिनेटमा युकी को गोल मार्फत अग्रता लिएको जापानले त्यसको पाँच मिनेट नबित्दै एन्डोको गोलमा अग्रता दोब्बर पारेको थियो । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा जापानले खेल २–० ले जित्न सफल रहयो ।
त्यस्तै अर्को खेलमा स्पेनले आयोजक फ्रान्सलाई १–० ले पराजित गर्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा स्पेनले अग्रता लिएको थियो । स्पेनकी पाट्रीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । निकै प्रतिस्पर्धात्मक खेलमा त्यसपछि कुनै गोल हुन सकेन । दुवै टोली एउटै समूहबाट स्पेन विजेता र जापान उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका थिए ।
February 27, 2025
एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]