7 years ago
August 21, 2018
लिभरपुल (एजेन्सी) – लिभरपुलबाट खेल्दै आएका जर्मन गोलरक्षक लोरिस कारियस बेसिक्टास जाने भएका छन् । उनी लिभरपुलबाट दुई बर्षका लागि लोनमा बेसिक्टास जान लागेका हुन् ।
कारियसले प्रिमियर लिग क्लबका लागि यस सिजन प्रतिस्पर्धी म्याचहरु खेलेनन् । उनको दुई गल्तीका कारण मे महिनामा भएको च्याम्पियन्स लिगमा रियल म्याड्रिडलाई सहजै विजयी बनेको थियो । जुलाइमा लिभरपुलले एलिसनलाई अनुबन्धन गर्दै विश्वकै महंगा गोलरक्षक बनाएको थियो । २५ वर्षीय कारियस सोमबार क्रिस्टल प्यालेससँगको खेलका लागि टिमको यात्रामा थिए । तर, उनी मैदान प्रवेश गर्न पाएनन् ।
कारियसको प्रस्थानसँगै लिभरपुलका गोलकिपर एलिसनका लागि एक मात्र अनुभवी ब्याकअप खेलाडी सिमोन मिग्नोलेट रहेका छन् । बेसिक्टाससँग गोलरक्षक कारियसलाई स्थायी रुपमा अनुबन्धन गर्न सक्ने विकल्प पनि रहेको बताइएको छ । बेसिक्टास टर्किस सुपर लिगमा १५ पटक च्याम्पियन बनेको क्लब हो । यसै जिसन पनि बेसिक्टास लिगका दुई खेल जित्दै शिर्ष स्थानमा छ ।
February 27, 2025
एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]