7 years ago
August 21, 2018
बार्सिलोना (एजेन्सी) – क्याटलान क्लब बार्सिलोनाले पेरिस सेन्ट जर्मेन (पिएसजी) को नजरमा परेका क्रोएसियाली मिडफिल्डर इभान राकिटिचको मूल्य तोकेको छ । बार्साले कुनै क्लबले इभानलाई लिन चाहे १२५ मिलियन युरो तिर्नुपर्ने तोकेको हो ।
पिएसजीले आफ्नो टिम बलियो बनाउन चाहे ठुलो रकम तिर्नै पर्ने बाध्य बनाएको छ । पिएसजीले इभान र सर्जीओ बुस्केट्सलाई यसै साता आफ्नो क्लबमा भित्र्याउन कसरत गरिरहेको बुझिएको थियो । ३० बर्षीय इभानका लागि बार्साले १२५ मिलियन युरोको मुल्य तोके पनि पिएसजी भने १०० मिलियन युरो पर्याप्त हुने आशा गरिरहको छ ।
क्रोएसियाका लागि रुसमा सम्पन्न विश्वकपमा गरेको उनको प्रदर्शनले मिडफिल्डरको मुल्य अझै बढाएको छ । इभानले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई फाइनल सम्म पुर्याएका थिए । उनले क्रोएसिया राष्ट्रय टिमबाट यसै बर्ष मात्र ११ खेल खेले । २००७ मा राष्ट्रिय टिममा डेव्यु गरेका उनले हाल सम्म ९९ खेल खेलिसकेका छन् ।
२००५ बाट व्यवसायिक फुटबल खेल्न थालेका इभानले ला लिगामा ८ सिजन खेले । सन् २०१४ मा सेभिल्ला बाट उनी बार्सिलोना पुगेका थिए । उनले हाल सम्म बार्साबाट लिगका मात्र १३५ खेल खेलेका छन् । गत सिजनको ला लिगामा उनले ३५ खेल खेले । दुवै टोलीले ३१ अगष्टमा ट्रान्सफर विन्डो बन्द हुनु अघिसम्म यो फैसला गरि सक्नु पर्ने छ ।
February 27, 2025
एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]