default_image

7 years ago

August 21, 2018

‘म नेयमारको स्तरमा पुगेको छैन’- एमबाप्पे

76 views

0 Bookmark

पेरिस (एजेन्सी) – विश्व कपमा उत्कृष्ट युवा खेलाडी बनेका फ्रान्सेली स्टार केलियन एमबाप्पेले आफु अहिले ब्राजिलियन सुपर स्टार नेयमारको स्तरमा पुगिनसकेको बताएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गदै शनिबार गुइनग्यापलाई ३–१ ले हराउँदा २ गोल गरेका एमबाप्पेले यस्तो भनाई राखेका हुन् ।

उनले आफु भन्दा नेयमार ठूलो सुपर स्टार रहेको बताए । ‘नेयमार सुपर स्टार हुन् । म भन्दा उनी धेरै माथिका हुन्,’ एमबाप्पलेले भने, ‘म उनको स्तरमा पुगिसकेको छैन । उनले बार्सिलोनामा रहँदा धेरै मेहनत गरे र आफुलाइ प्रमाणित गरेका छन् । हामीसँग टोलीमा पनि अन्य सुपर स्टार पनि छन् ।’

उनले आफुले नै सबैलाई बदल्न नसक्ने बताएका छन् । हाम्रो टोलीले पहिलो हाफमा राम्रो गर्न चाहेको थियो, गुइनग्यापसँगको खेलमा एमबाप्पले भने, हामीले दोस्रो हाफमा सुधार गर्यो । मैले दुई गोल गर्दै टोलीलाई जिताउन सफल रहे ।

February 27, 2025

एन्ड्रिकको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

Success

Thank you for your time.