default_image

7 years ago

August 21, 2018

फुटबल प्रशिक्षक कोजी आउन पाएनन्, विकल्पको बारेमा छलफल हुँदै

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दुई सातापछि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोलीको प्रशिक्षणको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरिक छलफलमा जुटेको छ ।

राष्ट्रिय टोलीका नियमित प्रशिक्षक जापानी ग्यातुको कोजी भिसा नभएका कारण नेपाल आउन नपाएपछि एन्फाले उनको ठाँउमा प्रशिक्षक कसलाई राख्ने भन्ने विषयमा छलफलमा रहेको प्रवक्ता किरण राईले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।

इन्डोनेसियामा जारी फुटबलको समूह चरणबाटै बाहिरिएको यू २३ टोली सोमबार राती स्वदेश फर्कदा कोजी आएनन् । नेपालको भिसा नभएका कारण उनी नआएका हुन् । इन्डोनेसिया जानुअघि नै उनको भिसा भएको अवधि भन्दा बढी नेपाल बसेका थिए । त्यसमा एन्फाले जरिवाना तिरेको थियो ।

नयाँ प्रक्रिया सुरु भएपनि भिसा प्राप्त नभइसकेकोले कोजी नेपाल नआएको राईले बताए । ‘उहाँ अहिले नेपाल आउन पाउनु हुन्न । हामीले उहाँ इन्डोनेसिया जानुअघि नै नयाँ भिसाका लागि प्रक्रिया थालिसकेका थियौं,’ प्रवक्ता राईले भने,‘ अहिले सम्म भिसा आएको छैन । एन्फा र युवा तथा खेलकुद मन्त्रालयबाट प्रक्रिया अघि बढेको छ । तर, स्वीकृत भएको छैन ।’

उनका अनुसार कोजी इन्डोनेसियाबाट थाइल्यान्ड गएका छन् । भदौ १९ देखि बंगलादेशमा सुरु हुने साफ च्याम्पियसिपमा कोजीलाई बोलाउने नबोलाउने विषयमा पनि छलफल भइरहेको राईले बताए । कोजीलाई प्रशिक्षण टोलीमा प्रशिक्षक बालगोपाल महर्जनले साथ दिइरहेका छन् ।

एन्फाका उपाध्यक्ष कृष्ण थापाको संयोजकत्वमा रहेको टेक्निकल कमिटिसँगको छलफल पछि नयाँ प्रशिक्षक नियुक्त गर्ने वा अरु विकल्पमा जाने भन्ने निर्णय गरिने राईले जानकारी दिए ।

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको केहि दिनमा प्रशिक्षण सुरु हुने बताइएको छ । एसियाडमा सबै तीन खेल गुमाउँदै नेपाली युवा टोली स्वदेश फर्केको थियो ।

इन्डोनेसिया जानुअघि टोलीले थाइल्यान्डमा दुई अभ्यास खेल खेलेको थियो । जसमा सिनियर टोलीका केही खेलाडी सामेल थियो । एन्फाले साफ च्याम्पियनसिपका लागि अन्तिम नामावली सार्वजनिक गर्न बाँकी रहेको छ ।

February 27, 2025

लिभरपुलको सहज जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा सहज जित हात पारेको छ । बिहीवार भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध २-० को सहज जित दर्ता गरेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डोमोनिक स्जोबोस्जलाइ र एलेक्सिस म्याक एलिस्टरले गोल गरे । खेलको ११औं मिनेटमा स्जोबोस्जलाइको गोलमार्फत लिभरपुलले सुरुवाती अग्रता लिएको थियो । […]

February 27, 2025

एन्ड्रिकको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

Success

Thank you for your time.