7 years ago
August 21, 2018
लन्डन (एजेन्सी)– चेल्सीले बेल्जियम स्टार इडेन हाजार्डसँग पाँच वर्षे नयाँ सम्झौताको प्रस्ताव गरेको छ । सम्झौतामा प्रति साता ३ लाख पाउन्ड प्रस्ताव गरिएपनि दुई पक्षबीच अझै सम्झौता हुन सकेको छैन ।
छ बर्ष अघि चेल्सीमा आबद्ध भएका हाजार्डको क्लबसँग अझै दुई वर्षको सम्झौता बाँकी रहेको छ । उनी यो सिजन रियल म्याड्रिड जाने व्यापक चर्चा चले पनि त्यो सफल हुन सकेन । रियलका पूर्व स्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्स गएपछि हाजार्डलाई उनको ठाँउमा लाने चर्चा थियो ।
हालै मात्र हाजार्ड आफु कतै नजाने बताएका थिए । ‘अहिलेको समयमा म यहि खुसी छु, क्लबसँगको सम्झौता अझै दुई वर्ष बाँकी छ,’ हाजार्डले भने,‘ हरौं आउने दिनमा के हुन्छ । म यो वर्ष क्लब छोड्नेमा छैन ।’
हाजार्डले चेल्सीलाई दुई पटक प्रिमियर लिग, एक पटक एफए कप, फुटबल लिग कप र युइएफए युरोपियन लिग उपाधि जिताएका छन् ।
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]
February 26, 2025
हिमाल खरेल ,भद्रपुर झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । झापा ११ ले उपाधिका लागि आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग शुक्रवार खेल्नेछ । भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा झापा ११ ले भुटानको डागा युनाइटेड एफसीलाई ३–१ ले हराउँदै उपाधिनजिक पुगेको हो । ९० […]