7 years ago
August 21, 2018
क्रिस्टल प्यालेस (एजेन्सी) – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । लिभरपुलले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० पराजित गर्दै प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको हो ।
लिभरपुलको जितमा जेम्स मिल्नर र साडियो मानेले गोल गरे । सेलहस्र्ट पार्कमा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा विवादास्पद पेनाल्टीबाट लिभरपुलले अग्रता बनाएको थियो । ४५औं मिनेटमा लिभरपुलकै पूर्व डिफेन्डर साकोले मोहम्मद सलाहलाई डि–बक्समा लडाएको भन्दै रेफ्रीले लिभरपुललाई विवादास्पद पेनाल्टी दिएको थियो । जसमा जेम्स मिल्नर चुकेनन् ।
र पहिलो हाफमा लिभरपुल खेलमा १–० ले अघि बढ्यो । दोस्रो हाफमा पनि लिभरपुलले खेलमा पकड जमाएपनि गोल गर्नको लागि ९०औं मिनेट नै कुर्नुपरेको थियो । दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सलाहको चलाखीपूर्ण पासमा मानेले काउन्टर एट्याकमा एक रक्षकलाई बिट गर्दै गोल गर्न सफल भए ।
लिभरपुललाई २-० को जित दिलाए । खेलाडी अनुबन्धमा मोटो रकम खर्चिएको लिभरपुलले पहिलो खेलमा वेस्टह्यामाथि ४–० को प्रभावशाली जित निकालेको थियो । जितसँगै लिभरपुल दुई खेलबाट ६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लेको छ । म्यानचेस्टर सिटी गोल अन्तरमा शीर्ष स्थानमा छ ।
February 27, 2025
एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]