default_image

9 years ago

February 18, 2016

साहारा पोखरालाई हराउदै मनाङ फाइनल प्रवेश

119 views

0 Bookmark

लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले हेटौंडामा जारी कलर्स अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा बिहिबार सहारा क्लब पोखरालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

Suman Lama Manang

भूकम्पमा परी काठमाडौमा निधन भएका हेटौंडेली खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा विहीबार आयोजना गरीएको सेमिफाइनलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले पोखराको सहारा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

Afeez Manang

प्रतियोगिताको उपाधीको लागी लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबले चिरपरिचत प्रतिद्वन्द्वी आर्मीसँग भिड्ने छ।

मनाङको जितमा अफ्रिकन खेलाडी अफिज ओलावालेले निर्णायक गोल गरे । उनले खेलको ७९ औं मिनेटमा गरेको गोलले मनाङलाई फाइनलसम्मको यात्रा तय गरायो । ओलावालेले यसअघिको खेलमा भारतको कञ्चनजंगाविरुद्ध ह्याट्रिक समेत गरेका थिए ।

खेलमा मनाङका मिडफिल्डर विश्वास श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले कलर्स मोवाइल प्राप्त गरेका थिए ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.