7 years ago
August 20, 2018
जुरिच (एजेन्सी) – स्पेनिस क्लब रियल मड्रिडका पुर्वस्टार क्रिस्टियानो रोनाल्डो, रियलकै लुका मोड्रिच र लिभरपुलका मोहम्मद सलाह युइएफए वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन् । युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले सोमबार सार्वजनिक गरेको २०१७/१८ को सिजनको शीर्ष तीनको मनोनयनमा रियलका दुई खेलाडीले स्थान बनाउदा लिभरपुलका सलाहले पनि अन्तिम तीनमा स्थान बनाए ।
खेलाडी छनोट अघिल्लो वर्ष घरेलु लिग, कन्टिनेन्टल र अन्तर्राष्ट्रिय स्तरमा खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै च्याम्पियन्स लिग र युरोपा लिगका विभिन्न ८० प्रशिक्षक र युरोपियन स्पोर्टस् मिडिया (इएसएम) ग्रुपका ५० जना खेल पत्रकारले गरेका हुन् । जुरी सदस्यले पहिलो स्थानको लागि ५ अंक, दोस्रो स्थानको लागि ३ र तेस्रो स्थानको लागि १ अंक प्रदान गर्दै छनोट गरेका हुन् ।
बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सी भने शीर्ष तीनमा पर्न सकेनन् । रियलले अघिल्लो सिजनको च्याम्पियन्स लिग जितेको थियो । रोनाल्डोले रियलबाट कीर्तिमानी पाँचपटक च्याम्पियन्स लिगको उपाधि तथा लगातार तीनपटक च्याम्पियन्स लिग जित्न सफल भएका थिए । उनी च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता पनि हुन् ।
यस्तै रियलमा अघिल्लो सिजन उत्कृष्ट समय बिताएका मिडफिल्डर लुका मोड्रिच पनि अन्तिम तीनमा पर्न सफल भए । गोल्डेन बल विजेता मोड्रिचकै कप्तानीमा क्रोएसिया रसिया विश्वकपको उपविजेता बन्न सफल भएको थियो ।
इजिप्टका सलाहले इंग्लिस प्रिमियर लिगको डेब्यु सिजनमै उच्च प्रदर्शन गर्दा ४४ गोल गर्न सफल भएको थियो । सलाह फाइनल खेलको २७ औं मिनेटमा चोट बोक्दै मैदान बाहिरिएका थिए । च्याम्पियन्स लिगमा लिभरपुल उपविजेता बनाउन सलाहले उच्च प्रदर्शन गरेको थियो ।
विजेता घोषणा च्याम्पियन्स लिगको समूह चरणको विभाजनको दिन अर्थात ३० अगस्टमा मोनाकोमा हुनेछ । सोही दिन नै महिला वर्ष खेलाडी र च्याम्पियन्स लिगका अन्य विधागत विजेताको घोषणा गरिनेछ ।
शीर्ष १० मा पर्न सफल खेलाडीहरु
एन्टोइन ग्रिजमन (एट्लेटिको मड्रिड/फ्रान्स) – ७२ अंक
लियोनेल मेस्सी (बार्सिलोना/अर्जेन्टिना) –५५ अंक
केलियन एमबाप्पे (पिएसजी/फ्रान्स) –४३ अंक
केभिन डि ब्रुएन (म्यानचेस्टर सिटी/बेल्जियम) – २८ अंक
राफइल भरान (रियल मड्रिड/फ्रान्स) –२३ अंक
इडेन हजार्ड (चेल्सी/बेल्जियम) – १५ अंक
सर्जियो रामोस (रियल मड्रिड/स्पेन) –१२ अंक
पूर्व विजेता
२०११– लियोनेल मेस्सी (बार्सिलोना/अर्जेन्टिना)
२०१२– आन्द्रेस इनिस्टा (बार्सिलोना/स्पेन)
२०१३– फ्रान्क रिवेरी (बायर्न म्युनिख/फ्रान्स)
२०१४– क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड/पोर्चुगल)
२०१५ – लियोनेल मेस्सी (बार्सिलोना/अर्जेन्टिना)
२०१६ – क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड/पोर्चुगल)
२०१७ – क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड/पोर्चुगल)
March 11, 2025
दिपक बोहोरा,पाँचथर मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवि बनाजमा अर्को महिना रवि गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रवि गोल्डकपको छेटौं संस्करण चैत २५ देखि २०८२ वैशाख १ गते सम्म हुने आयोजक राइजिङ स्टार क्लबले सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रतियोगिता ५ वर्षपछि आयोजना हुन लागेको हो। २०७६ मा कोभिडको कारणले छैटौं […]
March 11, 2025
एजेन्सी – झोन दुरानको २ गोल र क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि सोमबार साउदी प्रो लिग टोली अल-नासर एसियन च्याम्पियन्स लिग एलिटको क्वाटरफाइनलमा पुगेको छ। अल-नासरले इरानी क्लब एस्तेग्लाललाई ३-० ले पराजित गर्यो। अर्को खेलमा कतारी क्लब अल-सद्दले अल-वसललाई पराजित गर्यो। अल-सद्दको दोहामा भएको ३-१ को जितमा अक्राम अफिफले महत्वपूर्ण भूमिका खेले, जसले फेलिक्स सान्चेजको […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुगेका छन् । युएएफएका प्रो– लाइसेन्स प्राप्त प्रशिक्षक ग्रेसनलाई ललितपुरले यो सिजनका लागि अनुबन्ध गरेको हो। उनले खेल जीवनमा लामो समय लेस्टर सिटी,ब्ल्याकपुल,एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायीक फुटबल खेलेका थिए। उनले सन् १९९६ को इङ्लिस लिग कप जितेका […]