6 years ago
August 19, 2018
ब्राइटन (एजेन्सी) – उपाधिको दावेदार म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन एन्ड होभ अल्वियोनसँग स्तब्ध बनेको छ । युनाइटेड प्रिमियर लिगको दोस्रो खेलमा ब्राइटन एन्ड होभ अल्वियोनसँग ३–२ ले स्तब्ध बनेको हो ।
युनाइटेडलाई स्तब्ध बनाउन ग्लेन मुरे, सेन डफी र पास्कल ग्रसले गोल गरे । युनाइटेडका रोमेलु लुकाकु र पल पोग्वाले एक गोल फर्काए ।
ब्राइटन एन्ड होभ अल्वियोनको घरेलु मैदानमा आइतबार भएको खेलमा घरेलु टोलीले २७ मिनेट भित्र नै दुई गोल गर्न सफल भएको थियो । सोली मार्चको पासमा ग्लेन मुरेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसको दुई मिनेटपछि नै सेन डफीले गोल गरेपछि घरेलु टोली खेलमा २–० ले अघि बढेको थियो । ३४ औं मिनेटमा रोमेल लुकाकुले एक गोल फर्काउदै युनाइटेडलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, ४४ औं मिनेटमा पास्कल ग्रसले पेनाल्टीमार्फत गोल गरेृपछि ब्राइटन पहिलो हाफमा ३–१ ले अघि बढेको थियो । दोस्रो हाफमा अधिकांश समय बलमा पकड जमाएपनि युनाइटेडले एक मात्र गोल गर्न सफल हुदा ३–२ ले पराजित हुन पुग्यो ।
डफीले फेलाइनीलाई डि–बक्समा लडाएपछि युनाइटेडले पेनाल्टीको मौका पाएको थियो । इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई पल पोग्वाले सदुपयोग गरेपनि त्यो खेलमा फर्कन निकै ढिला बनेको थियो ।
लिगमा ब्राइटनको यो पहिलो जित हो भने म्यानचेस्टर युनाइटेडको पहिलो हार हो । ब्राइटन आफ्नो पहिलो खेलमा वाटफोर्डसँग २–० ले पराजित भएको थियो । युनाइटेडले लेस्टर सिटीलाई २–१ ले पराजित गरेको थियो ।
February 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को टोली बुटवल लुम्बिनी फुटबल क्लब (बीएलएफसी) ले तेस्रो सिजनका लागि राष्ट्रिय टोलीका सदस्यद्वय एरिक विष्ट र मनिष डाँगीलाई अनुबन्ध गरेको छ । गत सिजन टोलीका मार्की खेलाडी रहेका एरिकलाई यसपटक बुटवलले ए श्रेणीको खेलाडीको भूमिकामा रिटेन गरेको छ । त्यस्तै मनिष डाँगीलाई भने क्लबले मार्की खेलाडीमा […]
February 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली पोखरा थन्डर्सले तेस्रो संस्करणका लागि प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरेको छ । सुरुवाती दुई सिजन नविन न्यौपाने प्रशिक्षक रहेको पोखराले यसपटक न्यौपाने चितवन गएपछि श्रेष्ठलाई अनुबन्ध गरेको हो । पछिल्लो समय लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई मोफसलका प्रतियोगितामा हेरिरहेका श्रेष्ठ त्यसअघि भुटानको फुन्त्सोलिङ युनाइटेडमा […]
February 15, 2025
काठमाडौं (हाम्रो खोलकुद) – मैत्रीपूर्ण खेलमा चीनको युनान टिम विजयी भएको छ । नेपालको युवा टिमलाई २-० ले हराउँदै युनान टिमले जित निकालेको हो । चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा आज दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा चीनको युनान टिमले सुरूवातदेखि नै दबाब बनायो । खेलको […]